२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

दशैंमा उपभोक्ताको मागलाई पुर्ती गर


२८५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ८, बुधबार मा प्रकाशित ४ साल अघि
  • हिन्दुहरुको महान पर्वको रुपमा मनाईने विजया दशमी तथा दिपावली नजिकदो छ । पर्व मनाउनको लागि आम नेपालीहरुको चाहना अनुसारको उपभोग्य सामाग्री उपलब्ध गराउने सरकारको दायित्व हो । दशै तथा दिपावली पर्ब मनाउनको लागि आम नेपालीले मासुको प्रयोग बढी गर्छन् तर माग अनुसारको पुर्ती हुने संभावना छैन । मुलुकमा नेपालीहरुको प्रमुख पर्वमा के कती मासुको माग हुन्छ भन्ने बिषयमा सरकारले सोच्न जरुरी छ ।

    यस्तो अवस्थामा सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि भारतबाट खसीबोका आयत गर्न कडाइ गरे पछि त्यसको असर दशैंमा पर्ने देखिएको छ । नियमितभन्दा धेरै मासुको खपत हुने दशैंको समयमा स्वदेशी उत्पादनले मात्रै माग धान्न नसकिने व्यवसायीहरुको भनाइ छ । हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक १५ सय सम्म खसीबोकाको माग छ । बजार माग धान्न पनि भारतबाट चोरी–पैठारी गरेर खसीबोकाको आपूर्ति भइरहेको व्यवसायीहरु बताउँछन् । सरकाले ७ महिना अगाडिदेखि खसीबोका आयतमा कडाइ गरिरहेको छ । तर, व्यापारीहरुले भने दैनिक ८ सयदेखि १ हजारसम्म भारतीय खसीबोकाहरु चोरी–पैठारी गरी काठमाडौं भित्रिएको व्यवसायीहरुको भनाई छ ।

    यसअघि हरेक वर्ष दशैंको बेला काठमाडौंका लागि मात्रै ४७ हजार खसीबोका र ८ हजार भेडाच्याङ्ग्रा गरी ५५ हजार चौपाया भारत तथा चीनबाट आयत हुने गरेको थियो । तर, यो वर्ष हालसम्म कहाँबाट कति चौपाया आयत गर्ने भन्ने अन्यौल रहेको छ । अहिलेसम्म कहाँबाट आयत गर्ने भन्ने निश्चित छैन चाडपर्वमा स्वदेशी चौपायले धान्न सक्ने अवस्था छैन । सरकारले कि त पुरै आयत रोक्नुपयो, कि त खुल्ला गरेर खसीबोकाको आपूर्ति सहज बनाउन आवश्यक छ । अघिल्ला वर्षहरुमा असोजको सुरुवातसँगै दशैंका लागि खसीबोका तथा भेडाच्याङ्ग्राको आयत शुरु हुने गरेको थियो ।
    सरकारले दशैंका लागि २० देखि २२ हजार खसीबोका स्वदेशका विभिन्न स्थानबाट ल्याउने तयारी भएको छ । २२ हजार खसीबोका स्वदेशबाटै ल्याइने भएपनि ३३ हजार खसी बोकाको अभाव हुने भएको छ । ‘यस वर्षको दशैंमा काठमाडौंबासीले चाहेजति मासु खान नपाउने हुन् कि भन्ने अवस्था आएको छ । जसको कारण मासुको मुल्य धेरै वढेर सर्वसाधारन जनताले पर्व मनाउन समस्या हुने देखिएको छ ।

    सरकारले माग अनुसारको पुर्ती गर्न नसक्दा दशैंमा मासुको मूल्य बढ्ने देखिन्छ । भारतबाट चोरी–पैठारी गरी ल्याइने खसीबोकाले कालोबजारी पनि मौलाउने सम्भावना प्रवल छ । गत वर्ष मासुको मूल्य औषतमा प्रतिकेजी ५ सय ४० रुपैयाँ थियो । हाल नियमित बजारमा औषत ६ सय २५ रुपैयाँ प्रतिकिलो छ । दशैं नजिकिएसँगै व्यापारीहरुले प्रतिकिलो ८ सय ५० देखि १ हजार ५० रुपैयाँसम्म प्रतिकिलोमा मासु बेच्न थालेका छन् । पर्वको समयमा सरकारले उपभोक्ताहरुलाई सुपथ मुल्यमा सहज ढंगबाट आपुर्ती गर्ने वातावरण तयार गर्नु पर्नमा चासो नदिदा समस्या आएकोले उपभोक्ताहरुको माग अनुसारको पुर्तीको लागि सरकारले पहल गर्न आवश्यक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार