२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सुरक्षाको अवस्था मजबुत पार


४१५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • पछिल्लो समयमा आएर काभे्रमा सुरक्षाको अवस्था खस्किएको छ । जसका कारण जिल्लावासिहरु असुरक्षीत महसुस गरेका छन् । कोरोनाको महाँमारीले गर्दा चिन्तामा डुविरहेका जिल्लावासि सुरक्षाको अवस्था खस्कंदा थप पिडामा परेका छन् । प्रहरी सकृयतामा कमि आउंदा गैह्र कानुनी ढंगको कार्यगर्नेहरुलाई अवसर मिलेको छ । जसले गर्दा जनधनको सुरक्षा हुन सकेको छैन । सुरक्षाको अवस्था खस्किएको मौका छोप्दै रोशी गाउंपालिकामा हतियार सहित गएका लुटेराहरुले गोलि चलाउंदै करौडौकोधनमाल लुटपात गरेका छन् । त्यति भयानक ढंगको घटना घट्दा समेत घटना घटेको ६ दिन सम्म प्रहरीले अनुसन्धानको लागि कसैलाई गिरफ्तार गर्न समेत सकेको छैन ।

    विगतको समयमा प्रहरीको सक्रियता हुंदा गैह्र कानुनि धन्दा कमै भएको पाईन्थ्यो । विगतमा काभे्रमा रहेकौ वि.पि तथा अरनिको राजमार्गमा पैदल तथा सवारी साधनको माध्यबाट गस्ति गरीने गरेको थियो । जसले गर्दा गैह्र कानुनि ढंगको कार्यगर्नेहरु प्रहरीको फन्दामा परिने भएले गर्दा सक्रियता देखाउदैन थिए । जुन समयमा अवैध मदिरा उप्तादन तथा ओशारपसार, जुवातास, गाँजा सेवन तथा बिक्रि राजमार्गमा लुटपात, चोरी लगाएतका कुनेपनि गैह्रकानुनि ढंगको कार्य कमै हुने गरेको थियो ।

    पछिल्लो समयमा प्रहरीको निस्किृयताले गर्दा अवैध धन्दा गर्नेहरुलाई हौसला मिलेको छ । जसका कारण कोरोनाको त्रासमा छटपटाई रहेका जनताहरु असुरक्षीत महसुस गर्दै थप पिडामा छटपटिईरहेका छन् । जनताहरुको समस्यालाई मध्यनजर राख्दै सुरक्षाको व्यवस्था मिलाउन जरुरी रहन्छ । जसको लागि जिल्ला प्रहरी कार्यालयले आफ्नो मातहतमा रहेका प्रहरीहरुलाई राम्रो ढंगबाट परिचालन गर्न जरुरी रहन्छ ।

    जिल्लावासिको पिडालाई निराकरण गर्नको लागि प्रहरीले राजमार्ग तथा भित्रि सडकहरुमा गस्तिको व्यवस्था गर्दै अवैध धन्दामा लाग्नेहरुलाई निरुत्साहित गर्न जरुरी रहन्छ । जिल्लामा सुरक्षाको अवस्थालाई मजबुत पार्नको लागि रातिको समय तथा दिउंसोको समयमा पैदल तथा सवारी साधनबाट गस्ति गर्न जरुरी रहन्छ । जुवातास तथा अवैध मदिराको धन्दामा लाग्नेहरुको पहिचानको लागि विना बर्दीका प्रहरी परिचालन गर्न उत्तिकै जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार