२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

क्वारेन्टाईलाई व्यवस्थित गर, एउटै कोठामा धेरैलाई राख्दा जटिल समस्या


२९४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • बिश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण दिनप्रतीदिन बढ्दै छ । नेपालमा रहेका नेपालीहरुमा कम संक्रमण भएको भएपनि रोजगारी तथा अध्ययनको लागि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने क्रममा आएका नेपालीहरुका कारण साथै भारतिय नागरिक लुकिछिपि नेपाल आउने क्रममा रोगको संक्रमन बढेको पाईन्छ । विदेशबाट स्वदेश फर्कनेहरुका कारण रोगको संक्रमण बढ्न नदिनको लागि सरकारले क्वारेन्टाईको व्यवस्था गरेको छ । तर व्यवस्थापनमा फितलोपन हुंदा कतिपय क्वारेन्टाईन स्थलबाटै भाग्ने गरेका छन् । क्वारेन्टाईनमा बस्नको लागि सुबिधा नभएको साथै संक्रमण हुने भएले गर्दा भाग्नेहरुका कारण संक्रमण फैलने संभावना प्रवल रहेको छ ।

    मुलुकका अधिकाँस स्थानहरुमा क्वारेनटाईन कक्षको व्यवस्थापन गर्नको लागि विद्यालय रोजिएको छ । विद्यालयको कक्षा कोठामा बनाइएको क्वारेन्टाईन कक्षमा ५—७ जना सम्म राख्ने गरेको छ । जसले गर्दा समस्या समाधान हुनुको साटो जटिल समस्या निम्तन सक्ने प्रवल संभावना रहेको छ । विदेशबाट आएकाहरुलाई राखेको क्वारेन्टाईनमा धेरै जना हुंदा ति मध्य एकलाई संक्रमण भएको रिपोर्ट आउनासाथ सोही कोठामा रहेका अन्य समेत त्रसित हुने गरेका छन् । त्यतिमात्रै नभएर क्वारेन्टाईनमा बसेको ११÷१२ दिनको दिन एउटै कोठामा रहेका ५—७ जना मध्य १ जनाको पोजेटिभ देखिना साथ सोहि कोठामा रहेका अन्य समेत घरजान पाउने अवस्था बाट बञ्चित हुन्छ ।

    एउटै कोठामा रहेका धेरै मध्य एकजनालाई पोजेटिभ देखिएपछि सो कोठामा रहेका अन्यलाई पनि सर्ने संभावना रहन्छ । नेपालमा कोरोना संक्रमणको सुरुवाति देखि हाल सम्मको अवस्थालाई मध्यनजर राख्दा क्वारेन्टाईन कक्षमा बसेर घरगएकाहरु लाई रोग लागेको धेरै उदाहरणहरु रहेका छन् । क्वारेन्टाईन कक्षमा सामान्यतया १४ दिन बस्नुपर्नेमा एउटै कोठामा बसेका मध्य कसैलाई रोग देखा पर्दा बाध्यताबस थप बस्नुपर्ने अवस्था समेत आउने गरेको छ । जसले गर्दा क्वारेन्टाईनमा बस्नेहरुलाई पिडा हुनेमात्रै नभई आर्थिक व्ययभार समेत बढ्ने गरेको छ । सामान्यतया १४ दिन सम्म क्वारेन्टाईमा राखेर घरपठाउनु पर्नेमा पुन थप गर्नुपर्दा उसको खानपानमा आउने खर्च बड्नु स्वभाविकै हो । त्यतिमात्रै नभएर ठाउंको अभाव समेत हुने गरेको छ ।
    आर्थिक व्ययभार कम गर्ने साथै कोरोनाको संक्रमणलाई फैलन नदिनको लागि पहिलो प्राथमिकता क्यारेन्टाईन कक्षलाई व्यवस्थि ढंगबाट व्यवस्था मिलाउन जरुरी रहन्छ । क्वारेनटाईनमा बस्नेहरुलाई समुहमा नभई छुट्टै छुट्टै वस्ने वातावरण मिलाउन जरुरी छ । विदेशबाट आएकाहरुलाई रोग देखा पर्ने क्रम बढेकोले एउटै कोठामा धेरैलाई राख्दा संक्रमन फैलने संभावना बढ्छ । कोरोना पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्दा एउट कक्षमा एक भन्दा बढि राख्दा पनि खासै फक पर्दैन । संक्रमणको अवस्था हेरेर रोगको वर्ग छुट्याएर एउटै प्रकारको संक्रमण भएकाहरु धेरैलाई एउटै कोठामा राखेर उपचार गर्न जति सहज हुन्छ क्यारेन्टाईनमा एक भन्दा धेरैलाई राख्नु राम्रो होईन । त्यसैले क्वारेन्टाईको व्यवस्था गर्दा छ्ट्टै छुट्टै राख्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार