२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पिसिआर परिक्षणलाई सुरक्षीत बनाऊ


३४३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • कोरोना संक्रमण हुने भएले गरेको लकडाउन खोलेसंगै संक्रमितको संख्या बढ्दै गएको छ । भारतसंगको सिमाना विरगंजमा मात्रै नभई काठमाडौ समेत जोखिममा परेको छ । कोरोना संक्रमित बढेसंगै भेन्टिलेटरको अभाव हुने अवस्था आएको छ । जसका कारण कोरोना संक्रमितहरुले उपचार नपाएर मर्ने संभावना थपिदो छ । लकडाउन खुल्ला गर्ने समयमा आयातितमा मात्रै कोरोना संक्रमण देखिएपनि पछिल्लो समयमा रैथानेमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमण हुनुका धैरै कारणहरु रहका छन् जसमध्य परिक्षणको क्रममा गर्ने लापर्वाही पनि संक्रमण हुनुको प्रमुख कारण मानिन्छ । शनिवार काभे्रको सिमाना साँगामा कोरोना परिक्षण गर्दै गरेको दृस्य अलि डरलाग्दै थियो । सुरक्षाको पुर्ण तरिका नअपनाउंदा परिक्षण गर्न सो स्थानमा पुगेकाहरु परिक्षण नगराई फर्किएका थिए ।

    त्यस्तै अर्को जटिल समस्या विदेशबाट स्वदेस फर्कनेहरुलाई क्वारेन्टाईनमा राखिन्छ । निर्धारित समए सम्म राख्दा कुनै लक्षण देखा नपरेको भनि पिसिआर नगरी घरमा पठाउने कार्यले पनि जटिल समस्या आएको छ । त्यति मात्रै नभई पिसिआर परिक्षण गरी पोजेटिभ देखिएर आईसोलेसनमा राखेकाहरुलाई अन्दाजको भरमा निको भयो भन्दै पिसिआर नगरी घर पठाउने पछिल्लो कार्यले ठुलै समस्या निम्याएको छ । जसले गर्दा संक्रमण फैलने संभावना धेरै रहन्छ । संक्रमण पुष्टि भएर १४ दिन आइसोलेनसमा बसेकाहरुलाई विना परीक्षण घर पठाउँदा सरकारले खर्च कम त गराए होलान् तर कोरोनालाई जितेर घर फर्किएका धेरैले छिःछि दुरदुरको व्यवहार गर्दा ठुलै पिडा खेप्नु परेको पनि धेरै उदाहरणहरु नभएका होईन् ।

    कोरोना पुष्टि भएर आईसोलेसनमा बसेर घर जाने समयमा पुन पिसिआर नगर्दा घरपरिवार साथै समाजले हेर्ने नकारात्मक दृष्टिकोणले गर्दा सो पिडा सहन नसकेर आत्महत्याको मार्ग पहिल्याउने पनि भेटिएको छ । धनुषाको एक पुरुषले समाजको दुव्र्यवहार सहन नसकेर प्राण त्यागे । त्यसरी प्राण त्याग्जनुको प्रमुख कारण आईसोलेसनबाट घर पठाउने क्रममा पिसिआर परिक्षण नगर्नु नै हो । त्यसरी प्राण त्याग्नेमा मिथिला बिहारी नगरपालिका वडा नम्बर २ का ३५ बर्षीय विश्वेश्वर यादव हुन । उनले झुण्डिएर आत्महत्या गरेका हुन् । ३५ बर्षीय विशेश्वर, पत्नी र चार जना सन्तानलाई घरमै छोडेर रोजगारीको खोजीमा गत माघमा भारतको राजधानी दिल्ली पुगेका थिए । लकडाउनका कारण रोजगारी नहुनेभएपछि २७ हजार भारुमा गाडी भाडामा लिए र १६ असारमा महोत्तरीको भिठामोड नाका आइपुगे । उनलाई गाउँकै पर्शुराम तलाउ माविको क्वारेन्टिन राखियो । २६ असार स्वाब दिएका उनलाई कोरोना संक्रमण भएको रिपोर्ट साउन १ मा आयो । लगतै नगराइन नगरपालिकाको गांगुली आइसोलेसनमा सारियो । उनले यहाँ १० दिन विताए पछि थप लक्षण नभएकाले उनलाई पुनः पीसीआर विधिबाट परीक्षण नगरी १० साउनमा घरमा पठाईयो ।

    अन्तिम पटक पीसीआर जाँच नगरी पठाएका कारण उनलाई परिवारले भित्र नपस्न आग्रह ग¥यो । बालबच्चा सानै भएकाले डराए । उनलाई खाना पनि पातमा दिन थालियो । गाउँघरमा मानिसले पनि छुइछिटो गर्न थाले । परिवार र गाउँलेको व्यवहारले आजित उनले स्वाब संकलन गरेर जाँच गरिदिन स्थानिय तहमा हारगुहार गरे तर उनको सुनुवाई भएन त्यसैले आत्महत्याको बाटो रोजे । यस्ता खाले जटिल समस्याको बारेमा गहन ढंगबाट सोच्दै सुरक्षीत ढंगबाट पिसिआर परिक्षण गर्ने कार्य गर्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार