२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सिलन्यास,उद्धाटनको विवाद बन्द गर


३४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २४, बुधबार मा प्रकाशित ३ साल अघि
  • समृद्ध नेपाल निर्माण हुने आशामा नेपाली जनताले २५ बर्षपछि बहुमतको सरकार गठनको लागि बाटो खोलिदिए । मुलुकमा बहुदल प्राप्त भएपछि पहिलोपटक नेपालि काँगे्रलाई बहुमतको सरकार गठनको लागि बाटो खोलिदिएको थियो । काँगे्रसले वहुमत पाएपछि उन्मात लागेर आन्तरिक पार्टी भित्रको कचिंङ्गलो मिलाउन नसक्दा मध्यावधि निर्वाचनमा होमिए । नेपाली जनताले गरेको विस्वासलाई घात गरेपछि कांगेसले हालसम्म पनि बहुमत प्राप्त गर्न सकेन । मुलुकमा बहुदल प्राप्ति पछि धेरै उतार चडाबहरु आए । धेरै पटक निर्वाचनहरु भए तर नेपाली जनताले दलहरु मिलेर सरकार बनाउने ढंगबाट मार्ग पहिल्याउने कार्य गर्दै गए । मिलिजुलिको सरकारले मुलुकको हितको खातिर कार्य गर्न नसकेको ठहर गर्दै नेपाली कांगे्रसलाई प्रतिपक्षको स्थानमा राख्दै कम्युनिष्टलाई बहुमतको सरकार वनाउने ढोका खुल्यो ।

    नेपाली जनताले कम्युनिष्ट पार्टीलाई वहुमतको सरकार सञ्चालन गर्ने अधिकार दिएपछि २०७४ फागुन ३ गते नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली (केपी ओली) को नेतृत्वमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भयो । ओली पहिलो पटक मिलिजुलिको सरकारको रुपमा ०७२ साल असोज २५ देखि ०७३ साल साउन १९ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाली सकेका थिए । ओलीको नेतृत्वमा सरकार गठन भएपछि प्रमुख प्रतिपक्षको भुमिकामा नेपाली कांगे्रसले स्थान पाए । मिलिजुलिको सरकारबाट सरकार वनाउने र ढाल्नेमै समय खर्चिने हुदा मुलुकको हितको लागि कार्य हुन नसकेको नेपाली जनताको ठम्याई थियो । सोही अनुसार बहुमतको सरकारको लागि बाटो खोलिदिए । मुलुकमा वहुदल आएपश्चात नेपाली कांगे्रसलाई बहुमतको सरकार बनाउने बाटो खोलिदिदा उन्माद लागेर मध्याबधि निर्वाचन हुन पुग्यो ।

    कांगे्रसलाई उन्माद लागेकोले लामो समय सम्म वहुमतको सरकार गठन हुन सकेन । तर नेपाली जनताले मुलुकको हितको खातिर बहुमतको सरकारको आवश्यकता महसुस गर्दै कम्युनिष्टलाई बहुमतको लागि बाटो खोलिदिए । तर बहुमतको सरकार सञ्चालन गर्ने वातावरण पाएकोले विगतमा कांगे्रसलाई जसरी उन्माद लागेर आन्तरिक कचिङ्गलो गर्दै मध्यावधि गरेका थिए हाल कम्युनिष्ट भित्रको आन्तरिक कचिङ्गलो पनि कम छैन । कम्युनिष्टमा उत्पन्न उन्मादको कारण आन्तरिक रुपमा भएको विवादले गर्दा मुलुकको हितको खातिर कार्य गर्ने भन्दा गुट उपगुट निर्माणमै व्यस्त हुंदा नेपाली जनताको चाहना पुर्ण हुन कठिन भएको छ ।

    आन्तरिक किचलोकै कारण निर्माण भएको गुटले गर्दा विकास निर्माण कार्यको सिलन्यास तथा उद्धाटन गर्ने कार्यमा समेत गुट गुटको मात्रै उपस्थिति हुने गरेको छ । त्यतिमात्रै नभएर प्रतिपक्षको भुमिका निर्वाह गर्दै गरेका कांगे्रसलाई सिलन्यास तथा उद्धाटन कार्यमा समावेस नगराउने सम्मको खेल नेपाली जनताको लागि पाच्य भएको छैन । नेपाली जनताको चाहना अनुसारको कार्यमा अवरोध गराउन खोज्नु पनि दलहरुमा उत्पन्न उन्मादकै कारण भएकोले त्यस्ता सामान्य झिना मसिना कार्यमा विवाद र अलमल गर्ने कार्यलाई रोकेर जनताले चाहे अनुसारको कार्यमा सरकार तथा प्रतीपक्षले भुमिका खेल्न जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार