२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

कोरोनालाई कमजोर नसम्झौं


३१७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित २ साल अघि
  • विश्वमा कोरोनाको उदय भएको १८ महिना भयो, नेपालमा आगमन भएको १३ महिना पार भैसकेको छ । २०७६ साल चैत्र महिनाको पहिलो हप्तामा नेपालमा कोरोनाको संक्रमीत देखियो । कोरोनाको पहिलो संक्रमित देखिएपछि केहि दिनमै चैत्र ११ गतेबाट मुलुकमा पुर्णरुपमा लकडाउन भयो । थोरै संख्यामा सक्रमित भएको अवस्थामा पुणर््ारुपमा लकडाउन भयो । ९ महिना सम्मको लकडाउनले मुलुकको आर्थिक खवस्था थिलथिलो भयो । ठुलाठुला व्यवसायी धारासायी भए । साना व्यवसायीहरु चौपटमा परे , विहन बेलुसकको छाक टार्नपनि निकै धौ धौ । सरकारले कोरोनको आगमनको सुरुवातिमा राहतको प्याकेज ल्याएर वितरण गर्न सुरु गरे । तर लामो समय सम्मको लकडाउनले थिलथिलो भएको अवस्थामा राहत कुन चराको नाम हो पत्तै भएन ।
    लामो समयसम्मको लकडाउनको समयमा संक्रमितको संख्या धेरै भएको थियो । तर १ जना संक्रमित हुंदा भएको लकडाउन हजारौको संख्या पुगेपछि लकडाउनको अन्त्य भयो । कोरोना फैलनेक्रम नरोकिएपनि केही हदमा नियन्त्रण भएको थियो । नियन्त्रणको समयमा नेपाली जनताले अपनाउनु पर्ने स्वास्थ्य मापदण्डको कुनै वास्तै भएन । त्यसरी जनताले कोरोनाको वारेमा कुनै चासो नदेखाउनुको प्रमुख कारण राजनीतिक दल साथै सरकार हो । किनकि सत्तापक्ष पार्टीको आन्तरिक कचिङ्गलोको कारण उत्पन्न भएको राजनीतिक उथलपुथलले गर्दा संक्रमण ह्वात्तै फैलन टेवा मिल्यो । हुन त नेपालमा राजनीतिक उथलपुथल हुनु र छिमेकि मुलुक भारतमा कोरोनाको महांमारी फैलनु एकै साथ भयो । जसको कारणले गर्दापनि नेपालमा कोरोना फैलीएको हो ।
    छिमेकी मुलुकमा महांमारी फैलदै गर्दा नेपालमा सचेत हुनुपर्ने समयमा सत्ताधारी पक्ष र अन्य राजनीतिक दलहरुले वास्तै नगर्दा थप समस्या भएको हो । जुन समयमा छिमेकी मुलुकसंगको नाकामा कडाई गर्नुको साथै सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पुर्ण गराउनु पर्ने बिषयमा अगाडी बढ्नुको वदला ठुलापार्टीहरु ले होडबाजि गर्दै बृहत जनप्रदर्शन गर्ने साथै उद्घाटन तथा शिलन्यासको व्यापक कार्यहरु गर्दै लाखौको जनताहरु उतार्ने कार्यले गर्दा पनि संक्रमण फैलन टेवा पुग्यो । मुलुकमा संक्रमण फैलदै गर्दा २५ जना भन्दा वडिको भिडभाड नगर्ने सरकारको निर्णय भईरहंदा प्रधानमन्त्री स्वयंले हजारौको उपस्थितिमा उद्घाटनको कार्यहरु गर्दै गर्दा सामान्य नेपाली जनताले समेत सुरक्षीतको बिषयमा चासो दिएन जसको कारण हाल भयावह अवस्था आएको छ ।
    सरकारको तर्फबाट निर्वाह गर्नुपर्ने दायित्व पुर्ण रुपमा नगरेपनि पछिल्लो समयमा आएर नेपाली जनताहरु आफै सचेत भएका छन् । तर केही जनताहरु अझैपनि सरकारले गरेको भिडभाड साथै सरकार आफैले गरेको नियम उलघनलाई औल्याउंदै सस्थ्य सुरक्षाको पालना गराउने बिषयमा खासै चासो दिएका छैनन् । नेपालमा यतिखेरको समयमा हमांमारीले जरो गाडीई सकेको छ , यस्तो अवस्थामा विगतमा सरकारले गरेको व्यवहारलाई नियाल्नु भन्दा रोगको प्रकोप फैलिएको अवस्थालाई मध्यनजर राख्दै कोरोनाई कमजोर नसम्झी सचेत हुन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार