२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

दलका कार्यकर्तामा देखिएको नैराश्यता


४२२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २९, बुधबार मा प्रकाशित २ साल अघि
  • मुलुकमा एकै पटक प्रमुख तीन दल महांधिवेशनको दौडधुपमा होमियो । जसमध्य नेपाली कांगे्रसले लोकतान्त्रिक बिधि र पद्धतिलाई प्राथमिकता दियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक बिधिको वास्ता नगरी आशिर्वादको आधारमा नेतृत्व चुन्ने बिषयलाई प्राथमिकता दिइएको छ । जसको कारण नेपाली कांगे्रसका नेताहरुले कार्यकर्ताको संरक्षण गर्नुपर्ने अवस्था निम्तिएको छ भने कम्युनिष्टहरुमा कार्यकर्ताले नेताहरुको संरक्षण गर्दै नेताहरुको चाकडी गरीरहनु पर्ने अवस्था आएको छ । कांगे्रस पाटीमा नेता बन्नका लागि कार्यकर्ताको आवस्यक रहने भएको छ भने कम्युनिष्ट पार्टीमा नेता बन्न कार्यकर्ताको आवस्यक नहुने नेतालाई मनलागेको व्यक्तीलाई जिम्मेवारी दिन सक्ने खालको सुरुवात भएको छ । कार्यएकर्ताको योगदान र क्षमता भन्दा पनि चाकडी र चाप्लुसी गर्न जान्नेले अवसर पाउनेछन्् कम्युनिष्ट पार्टीहरुमा । उता कांगे्रस पार्टीमा भने नेताले कार्यकर्तासंग चाप्लुसि गर्न सक्ने क्षमता भएकाले मत पाई जिम्मेवारी पाउने अवस्था आएको छ ।

    महांधिवेशनको चपेटा चलिई रहंदा दलका नेताहरुका कारण कार्यकर्तामा नैराश्यता आउने क्रम बढेको छ । अधिवेशनमा भएको गुटगत व्यवहारले गर्दा कार्यकर्ताहरुमा तिक्तता रहीरहनु र नेताहरुमा भने अवसरको अवस्थालाई मध्यनजर गर्दै जुट्ने र फुट्नेको कुनै समय नलाग्ने कारणले गर्दा कार्यकर्ता निरास भएका छन् त कतीपए कार्यकर्ताले पार्टी परित्याग गर्ने गरेका समेत धेरै उदाहरणहरु रहेका छन् । लामो समयदेखी पार्टीमा जिम्मेवारी सम्हाल्दै आएका दलका नेताहरु समेत जिम्मेवारीबाट हट्नासाथ अन्य पार्टी चाहर्ने काममा अगाडी बढ्दै गरेको कार्यले दलका कार्यकर्ताहरुलाई थप निराश छाएको छ । बिषेशगरी नेपाली कांगे्रसका कार्यकर्तामा निकै समस्या परेको छ । अधिवेशनको समयमा आफुुअनुकुल कार्य गर्नको लागि दलका नेताहरुले आफ्नो गुटमा तान्न निकै आश्वाशनहरु दिएकै हुन् ।

    स्थानिय तहबाट सुरुभएको कांग्रेसको अधिवेशन केन्द्र सम्म सकिएको छ । स्थानिय तहबाटै आफ्नो गुटलाई मजवुत बनाउनको लागि कार्यकर्ताहरुलाई गुटको छातामा ओतलाग्न हौसलाहरु दिए । अधिवेशन सकिंदै गर्दा नेताहरुका विचमा समझदारी कायमहुदै गर्दा कार्यकर्तामा एक आपसमा तिक्तता कायमै रहेको छ । कार्यकर्ताहरु माझमा भएको तंछाड मछाडको अवस्थाले गर्दा बोलचाल बन्दको अवस्था निम्तनाको साथै सार्वजनिक स्थानहरुमा उछित्तो कट्ने क्रम जारी रहेको छ । कार्यकर्ता विचमा भएको यस्तो अस्वभाबिक गतिविधिको असर आगामी निर्वाचनसमेत पर्ने हुंदा मत परिणाम नेताको आंकलन भन्दा भिन्न हुन सक्छ । निष्ठाका राजनीतिमा निरन्तर अगाडी बढ्दै आएका कार्यकर्तालाई अवसरको पोखरीमा डुवुल्की मार्दै गरेका अर्का कार्यकर्ताले गरेको अपमान जनक शब्द शैय नहुन सक्छ । कुनैपनि दलका कार्यकर्ताहरुमा भएको द्वन्दले दललाई फाईदा नहुंन सक्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार