२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

काभ्रेमा मोटरसाईकल दुर्घटना १ को मृत्य १ घाईते


३५२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ३ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका ११ डालाबेशीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुलीको मझुवा गाउँपालिका-५ का १९ वर्षीय मिलन मग्रातीको मृत्यु भएको हो ।

    मग्रातीको धुलिखेल अस्पतामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मृतकका २१ वर्षीय दाइ प्रेमबहादुर मग्राती घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार