२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

सुरक्षित गर्भपतनले बाच्न पाउने अधिकार सुनिश्चित भयो—कायष्थ 


२९९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  •  काभ्रेपलाञ्चोक । सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज शुक्रबार बनेपाको परिवार नियोजनको हलमा सम्पन्न भएको छ । 

    नेपालमा भएको कानुनी मान्यताको आधारमा विषेश अवस्थामा सुरक्षित तरिकाबाट गर्भपतन गर्न पाउने अधिकारको वारेमा जानकारी दिने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा स्वास्थ्यकर्मी‚ सञ्चारकर्मी‚ मानव अधिकार कर्मी लगायतको उपस्थित रहेको थियो ।

     परिवार नियोजन संघ बनेपाको शाखा प्रमुख तुलसी देवी मानन्धरले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारी सुरुभएको उक्त कार्यक्रममा घनिभूत ढंगबाट अन्तरक्रिया भएको थियो । चेतनाको कमीका कारण कानुनी मान्यताको आधारमा सुरक्षीत ढंगबाट गरिने गर्भपतनलाई कही कतै गलत व्याख्या भएकोले सो गलत व्याख्यालाई  परिवार नियोजन संघ बनेपाको शाखा प्रमुख तुलसी देवी मानन्धरले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारी सुरुभएको उक्त कार्यक्रममा घनिभूत ढंगबाट अन्तरक्रिया भएको थियो । चेतनाको कमीका कारण कानुनी मान्यताको आधारमा सुरक्षीत ढंगबाट गरिने गर्भपतनलाई कही कतै गलत व्याख्या भएकोले सो गलत व्याख्यालाई चिर्ने मुल उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो ।    

    कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार नियोजन संघ केन्द्रिय सदस्य इन्द्रलक्ष्मी श्रेष्ठले सन २००२ बाट नेपालमा गर्भपतन सम्बन्धी कानुनी मान्यता पाएको बताउनु भयो । कानुनी मान्यताको आधारमा गर्भपतन नगरी नहुने अवस्थामा सहज र सरल तरिकाले गर्भपतन कार्यको सुरुवात गरिएको बताउनु भयो । उहाँले थप्नुभयो गरिबको रेखामुनि रहेका‚ कुनैपनि पहुँच नरहेकाहरूको वाध्यतालाई मध्यनजर राख्दै नेपाल परिवार नियोजन संघले सुरक्षित गर्भपतन कार्यको सुरुवात गरेको बताउनु भयो । कानुनी मान्यता पाएको २० बर्षको अवधिमा सुरक्षित गर्भपतन गराउने कार्यको साथै निसन्तान दम्पत्तिका लागि टेष्टट्युब बाट सन्तानको व्यवस्था गर्ने र तेस्रो लिंगिहरुको लागि समेत सन्तानको इच्छा पुरा गर्ने कार्य गर्दै आएको बताउनु भयो ।  

     कार्यक्रममा नेपाल परिवार नियोजन संघ काभ्‌रेका कोषाध्यक्ष प्रकाश कायष्थले सुरक्षित गर्भ पतन गर्ने कानुनी मान्यता पश्चात पीडामा रहेका महिलाहरूको बाच्न पाउने अधिकार सुनिश्चित भएको बताउनु भयो । ग्रामीण बस्तीहरूका अझैपनि चेतनाको कमीले गर्दा समस्या पुर्ण रुपमा समाधान भएको छैन जसका कारण चेतना फैलाउन जरुरी रहेको बताउनु भयो । परिवार नियोजन संघको कारण सानु परिवार सुखी परिवार बन्दै सन्तानका लागि उचित ढंगबाट पालन पोषणको साथै गुणस्तरीय शिक्षा प्रदान गर्न सहज भएको बताउनु भयो । 

     नेपाल परिवार नियोजन संघ काभ्रेका सचिव बद्रि वहादुर खत्रिको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिवार नियोजन संघ काभ्रे शाखा प्रमुख तुलसी देवी मानन्धर र नेपाल परिवार नियोजन संघ पाँचखालका प्रमुख रमा दाहालले परिवार नियोजन संघले खेलेको भूमिका साथै सुरक्षित गर्भपतनको बारेमा प्रशिक्षणात्मक ढंगले जानकारी गराउनु भएको थियो ।    

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार