२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

प्रतिनिधिसभा निर्वाचन २०७४ लाई नियाल्दा


२८५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ८, बुधबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक/मुलुकमा संघियता लागु भएपछि दोस्रो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर महिनामा हुँदैछ । पहिलो निवौचन ०७४ मा सम्पन्न भएको थियो, सो समयमा नेकपा एमाले र नेकपा माओवादी मिलेर निर्वाचनमा सहभागि हुदा नेपाली काँग्रेसको लागि समस्या भएको थियो ।

    आगामी मंसिरमा हुने निर्वाचनमा भने ०७४ को निर्वाचनको भन्दा फरक ढंगबाट गठबन्धन गरी निर्वाचनमा सहभागि हुने संकेत देखिएको छ । ०७४ को निर्वाचनमा काँग्रेसलाई हराउनको लागि लागिपरेको नेकपा माओवादी मंसिरको निर्वाचनमा भने काँगे्रससंग सहकार्य गर्दै गठबन्धन गरी एमालेलाई हराउनको लागि जुटेका छन् ।

    पहिलो निर्वाचनमा नेकपा (एमाले) पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएको थियो । कुल १६५ सिट प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यका लागि भएको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमाले र माओवादी गठनबन्धन गरी निर्वाचनमा सहभागि हुनको लागि नेकपा (एमाले) ले १०३ क्षेत्र र माओवादी केन्द्रले ५९ क्षेत्रमा उम्मेदवारी दिएका थिए । बाँकी ३ क्षत्र अन्य वाम पार्टीहरूसंग सहकार्य गर्दै सघाएका थिए ।

    १०३ स्थानमा उम्मेदवारी दिएको नेकपा (एमाले) ले ३०,८२,२७७ मत अर्थात् ३०.६८ प्रतिशत मतसहित ८० सिटमा चुनाव जितेको थियो भने समानुुपातिकतर्फ ३१,७३,४४९ अर्थात् ३३.५ प्रतिशत मत प्राप्त गरी ४१ जना सांसदहरू निर्वाचित गरी प्रतिनिधि सभामा कुल १२१ जना सांसदसहित सबैभन्दा ठूलो दलका रूपमा उपस्थित हुन सफल भएको थियो ।
    नेकपा (मओवादी केन्द्र) ले गठबन्धनका तर्फबाट ५९ स्थानमा उम्मेदवारी दिएकोमा ३६ सिटमा जितेको थियो । जम्मा १५,१०,७६० मत अर्थात् १५.०३ प्रतिशत मत प्राप्त गरेको र समानुपातिकतर्फ १३,०३,७२१ मत अर्थात् १३.६५ प्रतिशत मत प्राप्त गरी १७ जना समानुुपातिक सांसदहरू निर्वाचित गरेको थियो । कुल ५३ जना सांसदसहित प्रतिनिधि सभामा उपस्थित हुन सफल भएको थियो ।

    नेपाली कांग्रेसले विभिन्न दलहरूसँग गठबन्धन गर्दै १५४ स्थानमा उम्मेदवारी दिएको थियो, जसमध्ये २३ स्थानमा विजयी हासिल गर्न सफल भएको थियो । प्रत्यक्षतर्फ जम्मा ३५,९०,७९३ अर्थात् ३५.७४ प्रतिशत मत प्राप्त गरेको थियो । समानुुपातिकतर्फ ३१,२८,३८९ अर्थात् ३२.७७ प्रतिशत मत प्राप्त गरी ४० जना सांसदहरू निर्वाचित गरेर कूल ६३ सांसदसहित प्रतिनिधि सभामा उपस्थित हुन सफल भएको थियो । ठुला दुई दलले गठबन्धन गर्दा समेत नेपाली काँगे्रसले दोस्रो स्थान कायम गर्न सफल भएको थियो । काँगे्रसलाई तेस्रो दलको हैसियतमा पु¥याउने र दोस्रो दलको हैसियतमा माओवादीले ओगट्ने लक्षकासाथ अगाडि बढ्पनि गठबन्धनको लक्ष प्राप्त हुन सकेन । प्रत्यक्ष तर्फ काँगे्रसलाई तेस्रो स्थानमा धकेलन सफल भएपनि समानुपातिक तर्फ काँगे्रसको धेरै सिट आएकोले दोस्रो हुन सफल भयो ।

    ०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ निम्म उल्लेखित स्थानमा निर्वाचित हुन सफल भएका थिए दलहरु

    पार्टीको नाम         उम्मेदवार      जितेको सिट       प्राप्त मत     प्रतिशत

    नेकपा (एमाले)          १०३                ८०                 ३०,८२,२७७       ३०.६८
    माओवादी केन्द्र         ५९                ३६                 १५,१०,७६०         १५.०३
    नेपाली कांग्रेस           १५४               २३                  ३५,९०,७९३        ३५.७४
    राजपा नेपाल            ६५                ११                    ४,५८,४०९          ४.५६
    सं.स.फोरम, नेपाल   १०७               १०                   ५,२७,९२४          ५.२५
    नेमकिपा                  ६०                  १                     ५२,६६८              ०.५२
    राप्रपा                      ६                    १                      १,१८,३१८            १.१७
    स्वतन्त्र                                           १                      ७३,२४३               ०.७२

    समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरी सिट प्राप्त गर्ने राजनीतिक दल र सिट संख्या निम्न प्रकारको रह्यो ।

    पार्टीको नाम                 प्राप्त मत            प्राप्त सिट            प्रतिशत
    नेकपा (एमाले)              ३१,७३,४९४           ४१                   ३३.२५
    नेपाली कांग्रेस                ३१,२८,३८९           ४०                   ३२.७७
    माओवादी केन्द्र)            १३,०३,७२१           १७                   १३.६५
    राष्ट्रिय जनता पार्टी          ४,७२,२५४            ६                     ४.९४
    संघीय समाजवादी फोरम,७०,२०१               ६                     ४.९२

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार