२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेमा पहिरोबाट तीनको मृत्यु


३०८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित चलालगणेशथानमा पहिरोले पुरिएर तीनको मृत्यु भएको छ ।

    चलालगणेशथान स्थित गणेशस्थान ढुंगाखानीबाट झरेको पहिरोमा परेर स्थानीय ४४ वर्षीय निर बहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको र पहिरोमा पुरिएर गम्भिर घाइते भएकी ६५ वर्षीय ठूलीमाया तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरीका अनुसार आज बिहान ३ः३० बजे ढुंगाखानीबाट झरेको पहिरोले निर बहादुर तामाङको तीन तल्ले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ ।

    पहिरोले पुरिएका उनीहरुको नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीले उद्धार गरेको थियो । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार