२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

प्रहरी भन्दै ३० लाख ठगी गर्ने ३ जनालाई प्रहरीले झ्याप


३२१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ३०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३० भदौ, काठमाडौं । ‘प्रहरी हौ’ भन्दै ठमेलबाट ३० लाख रुपयाँ लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जना युवाहरुलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्‍ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुलीको मरिन गाउँपालिका-३ घर भई हाल काठमाडौंको कपन बस्‍ने ३० वर्षीय देव लामा र रामेछापको सुनपाती गाउँपालिका-१ घर भई कपन बस्‍दै आएका २० वर्षीय मिन बहादुर तितुङ (रोहित) रहेका छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कपनबाट बुधबार मोटरसाइकलसहित पक्राउ गरेको हो । भदौ २२ गते ११: १० बजेको समयमा ठमेलमा सञ्‍चालित ओरियण्टल मनी एक्सचेन्ट बन्द गरी कोठा जाने क्रममा मोटरसाइकलमा आएका ५ जना अपरिचितले जबरजस्ती मोटरसाइकलमा राखेर म्हैपी, सोह्रखुट्टे, खुसीबु हुँदै शोभा भगवतीको पुल मुनिबाट डल्लु पुर्‍याइ साथमा भएको ३० लाख २३ हजार २०८ रुपैयाँ लुटेर लगेको पीडितले उजुरी दिएको प्रहरीको दाबी छ ।

    पक्राउ परेका उनीहरुलाई अपहरण तथा डाँका चोरी कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको र घटनामा संलग्‍न थप दुई जनाको खोजी भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार