२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

 गठबन्धन दलहरू छलफलमै व्यस्त‚ एमाले चुनावी अभियानमा‚ गोकुल अगुवा कार्यकर्ता भेट्दै


३४६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । मंसिर ४ गते हुने निर्वाचनको मिति नजिकिँदै छ‚ सत्ता पक्षीय दलहरू भागबन्डा मिलाउन निकै कसरत गर्दैछन् । निर्वाचनको मिति घोषणा भएसँगै छलफलमा जुटेमा पाँचदलिय गठबन्धनले निकास निकाल्न सकेको छैन ।
    सरकारको प्रतिपक्ष दल नेकपा एमालेले चुनावी अभियान सुरु गरिसकेको अवस्थामा पनि गठबन्धन दलहरू भागबन्डा मिलाउनमा व्यस्त छन् । तर मिलाउन सकेको अवस्था छैन । दलहरूको अडान कायमै रहेकोले गठबन्धन पक्षधरले सोचे अनुसार सहज ढंगबाट भागबन्डा मिल्ने संकेत देखिदैन ।

    पाँच दलीय गठबन्धनले निस्वार्थ ढंगबाट भावी दिनहरूमा पनि राजनीतिक इमान्दारिता कायम गर्दै सरकार सञ्चालन गराउने पक्षमा देखिन्न । नेपाली कांग्रेसको रणनीति गठबन्धनको आडमा धेरै स्थानमा विजय प्राप्त गरी सके एकल ढंगबाट सरकार सञ्चालन गर्ने नसके कुनै साना दलको सहायतामा सरकार चलाउने योजना रहेको छ ।

    उता नेकपा माओवादीको उस्तै राजनीति स्वार्थ रहेको छ‚ आफै धेरै स्थानमा विजय हासिल गर्न सके साना कम्युनिष्ट दलहरूलाई साथ लिँदै प्रधानमन्त्री आफै बन्दै नेपाली काँग्रेस र एमालेलाई पाखा लगाउने रणनीति रहेको छ । त्यस्तै गरी एकीकृत समाजवादीको सोचमा पनि स्वार्थ लुकेको छ‚ माओवादीसँग पार्टी एकीकरण गर्ने भन्दै जाने र धेरै स्थानमा विजय प्राप्त गर्ने र निर्वाचन पछि जोसँग मिल्दा सरकारमा जान पाइन्छ सोहीसँग मिलेर अगाडि बढ्ने रणनीति रहेको बिष्लेशकहरुको तर्क छ ।

    सत्ता पक्षीय दलहरुले गठबन्धनको हितको खातिर अगाडि बढ्ने नभई दलगत स्वार्थको आधारमा अगाडि बढ्ने भित्री योजना साथै निर्वाचन पश्चात सतता प्राप्तिको लागि राजनीतिक बेइमानी गर्न समेत पछि नपर्ने ढङ्गको रणनीति भएकोले गठबन्धनको सिट बाँडफाँडको छलफल टुंगो लाग्न नसकेको हो ।

    उता एमालेले भने सत्तापक्षीय गठबन्धनको कचिङ्गलो मच्चिदै गर्दा चुनावी प्रचार प्रसार कार्यलाई सुरु गर्दै छ । लगभग उममेदवारको टुंगो लागिसकेकोले प्रचार प्रसार अभियानमा जुट्दै अगुवा कार्यकर्ता भेटघाट कार्यलाई तीव्रता दिदै आएको छ । सत्ता पक्षीय गठबन्धनले यति लामो समय सम्म निर्णय गर्न नसक्दा जनतामा नकारात्मक असर पर्दै साथै विश्वासको वातावरण खस्कँदै गएको अवस्थामा एमालेको चुनावी अभियानलाई जनताले साथ सहयोग गर्ने संकेत देखिएको छ ।

    काभ्रे क्षेत्र नं २ मा गठबन्धन दलको तफर्बाट चुनावी अभियानमा कोही नदेखिएको अवस्थामा नेकपा एमालेका तिरका उममेदवार गोकुल बाँस्कोटाले अगुवा कार्यकर्ताहरूसँग भेटघाट कार्यलाई तिव्रता दिएसँगै जनताको मन जितन सफल भएको विश्लेषकहरूको तर्क छ ।
    ०७४ को निर्वाचन बाट बाँस्कोटा निर्वाचित भएपछि काभ्रेको विकास निर्माणमा निकै फड्को मारेकोले पनि जिल्लाको विकास निर्माण कार्यमा बाँस्कोटाकै अवस्यक महसुस गर्दैछन् जिल्लावासी । सूचना प्रविधि मन्त्री हुँदा होस वा शहरी विकास मन्त्री हुँदा  पूर्व मन्त्री बाँस्कोटाले प्रत्यक्ष अप्रत्यक्षरूपमा करिव १७ अर्बको बजेटको व्यवस्था गरेकोले जिल्लाको विकासमा बाँस्कोटाकै आवश्यक रहेको बौद्धिक व्यक्तित्वहरूको तर्क रहेको छ ।

    काभ्रेको पाँचखालमा निर्माणहुन लागेको मदन भण्डारी विश्वविद्यालय बाँस्कोटाकै पहलमा सुरुहुने लागेकोले सो विश्वविद्यालय सहज ढंगबाट अगाडि बढाउन बाँस्कोटाकै आवश्यक महसुन गरेका छन् विकासमा चासो राख्ने पक्षले ।  विगतमा बाँस्कोटाको पहलमा विश्व विद्यालय‚ साना ठूला ४८ बाटा सडकहरूका लागि करिब ४ बजेट ‚ भूकम्पले ध्वस्त भएका जिल्लाका सरकारी  विद्यालय  निर्माण सम्पन र मावि विद्यालयहरूमा आइसिटी ल्‌याबको व्यवस्थापन‚  विभिन्न मठमन्दिर निर्माण‚ पोखरीहरू निर्माण‚ पाटीपौवा निर्माण‚ खानेपानीको बिभिन्न योजनाहरूका लागि बजेट व्यवस्था‚ सिँचाइका योजनाहरू‚ बनेपा धुलिखेल हुँदै पनौती सम्मको करिडोर निर्माण‚ महाभारत पैदल मार्ग फुल्चोकी हुँदै काभ्रेपलान्चोक नारायणथान बेथानचोक सम्म‚ बुद्ध सर्किट ‚चण्डेश्वरी नाला नगरकोट पर्यटन मार्ग‚ जेष्ठ नागरिक ‚ बच्चा  र राष्ट्रिय विभूति बलभद्र› पार्कहरू निर्माण‚ अस्पताल निर्माण लगायतका कार्यहरू गर्न सफल भएकोले जनताको बाँस्कोटा प्रति हेर्ने दृष्टिकोण सकारात्मक रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार