२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काभ्रेमा एमालेको तर्फबाट तोकियो उम्मेदवार, सत्ता गठबन्धनको सिट बाँडफाट (सूचीसहित)


३१७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन २२, शनिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेले उम्मदेवार तोकीएको जानकारी प्राप्त भएको छ ।

    प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. १ तर्फ पूर्व राज्यमन्त्री रेशम लामाले टिकट पाउंनु भएको छ । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ प्रदेशसभा (क) तर्फ दिल बहादुर लामा (दिलीप) र (ख) मा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री चन्द्र लामाले टिकट पाउनु भएको छ ।

    प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ मा पुर्व सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले टिकट पाउंनुभएको छ । प्रदेशतर्फ २ क मा प्रदेश कमिटी सदस्य कुमार खकुरेल र ख मा कुमार थापाले टिकट पाउंनु भएको छ ।

    नेकपा एमालेले उम्मेदवारको नाम सर्वजनिक गर्दा गठबन्धन दलहरुले नाम सार्वजनिक नगरेपनि प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँड भने टुंगो लगाएको जानकारी प्राप्त भएको छ ।

    जस अनुसार काभ्रेमा माओवादी केन्द्रले १ प्रतिनिधि सभा र १ प्रदेश सभा पाउने भएको छ । त्यसैगरि नेपाली काँग्रेसले १ प्रतिनिधि सभा र २ प्रदेश सभा एकीकृत समाजवादी पार्टीले १ प्रदेश सभामा सहमती भएको छ ।

    सिट बाँडफाडमा भएको सहमति अनुसार प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ र प्रदेश सभा (क) माओवादी केन्द्रको भागमा परेको छ र भने (ख) काँग्रेसको भागमा परेको छ । त्यसैगरि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ र प्रदेश सभा (ख) नेपाली काँग्रेसको भागमा परेको छ भने (क) एकीकृत समाजवादीको भागमा परेको छ ।

    सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ ।

    यस्तो छ सहमतीको सूची

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार