२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

काँग्रेसले माफीमागेपछि मात्रै शिव हुमागाईलाई साथ दिन्छौं—अर्याल, हाम्रो कर्तव्य गठबन्धनका उम्मेदवारलाई जिताउनु हो—रुकु


४१६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक ।“मुलुकमा संघियता लागु भएपछि भएको निर्वाचनहरुमा गठबन्धन गरी अगाडि बढ्दै गर्दा काभ्रे क्षेत्र नं २ मा नेकपा माओवादीको तर्फबाट उम्मेदवार बन्ने अवसर मिलेन, आगामि निर्वाचनमा यो क्षेत्रमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्नको लागि पार्टीले आफ्नो हैसियत काएम गर्नुपर्छ ।”

    उक्त भनाई नेकपा माओवादी केन्द्रिय सदस्य एवं काभ्रे क्षेत्र नं २ को प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार रुकु चौलागाईले नेकपा माओवादी केन्द्र पाँचखाल नगर समितिले आयोजना गरेको विजया दशमी, शुभ दिपावली तथा छटको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको उद्घाटन गर्दै बताउनु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य चौलागाईले भन्नुभयो—हाम्रो कर्तव्य गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु हो, त्यो नै माओवादीको उपलब्धी हो । जुन कार्यले गर्दा पार्टीको हैसियत कायम हुन्छ । जसको कारणले गर्दा आगामी हुने निर्वाचनमा माओवादीले प्रत्यक्ष तर्फको उम्मेदवार पाउने सुनिस्चित हुने बताउनु भयो । क्षेत्र नं २ मा प्रत्यक्षबाट उम्मेदवारी नपाएपनि यो क्षेत्रमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा १/१ जनाले अवसर पाउने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा गठबन्धन तर्फका प्रतिनिधिसभा उम्मेदवार शिव प्रसाद हुमागाईले भन्नु्भयो—म काँग्रेसको नेताको रुपमा नभई काभ्रेली जनताको नेताले जितेको आभास गराउने बताउनु भयो । म काँग्रेसको मात्रै नभएर गठबन्धन साथै काभ्रेली जनताको प्रतिनिधिको रुपमा उम्मेदवारी दिदैछु । मेरो उम्मेदवारीको बिषयमा कुनै संकोच लिनु पर्दैन हामी एउटै उद्देश्यका साथमा अगाडि बढेका छौं । काभ्रेली जनताहरुको हित गर्नको लागि गठित गठबन्धनले संबिधानको संरक्षण गर्दै जनताको हितमा कार्यगर्ने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका काभ्रे संयोजक भोला अर्यालले नेपाली काँग्रेसले माफि नमागे सम्म गठबन्धनका उम्मेदवारलाई सघाउन नसकिने वताउनु भयो । उहाँले थप्नुभयो—स्थानिय तहको निर्वाचनमा माओवादीले इमान्दारिताका साथ कार्य गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराईयो तर नेपाली काँगे्रसले राजनीतिक बेईमानि गरेकोले विगतमा गरेका कमजोरिका बारेमा माफि नमागेसम्म विश्वास गर्ने वातावरण नभएको बताउनु भयो । उहाँले थप्नुभयो काँगे्रसले आफ्ना कमी कमजोरी स्विकारेपछि हामी शिव प्रसाद हुमागाईलाई जिताउने अभियानमा जुट्ने छौं ।

    नेकपा माओवादी पाँचखाल नगर समितिको अध्यक्ष चेत प्रसाद गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संबिधानसभा सदस्य तेजवहादुर मिजार, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मिना तमाङ, क्षेत्र नं २ प्रदेश क का गठबन्धनका उम्मेदवार लक्ष्मण लम्साल लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रामगोपाल भुजेलबाट संञ्चालित कार्यक्रममा रानायण ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार