२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

 आयोजनामा गुणस्तरहिन निर्माण सामाग्री‚ पाँचखालको भविष्य अन्धकार भिडियो सहित


४१४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरवासीको उज्जल भविष्यको रुपमा सुरुभएको खानेपानी आयोजनामा गुणस्तरहिन सामाग्रीहरू प्रयोग गरी निर्माण कार्य भएको छ । जसको कारण आयोजना दीर्घकालीन ढंगबाट सञ्चालन हुने संकेत चाहदैन ।

    पाँचखालमा खानेपानीको चरम अभावसँगै लामो प्रयास पछि सुरुभएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम सम्पन्न गर्ने अवधि करिव दुई महिना मात्रै बाँकी रहेको छ । निर्माण कार्यलाई तिव्र गतिमा अगाडि बढाउने नाउमा गुणस्तरहीन सामाग्रीहरू प्रयोग गर्ने सम्झौताअनुसार कार्य नगर्ने कार्यले गर्दा पाँचखालको भविष्य अन्धकार तर्फ धकेलिने संकेत देखिएको छ ।

    निर्माण कार्य सम्झौता अनुसार नभएको भनी उपभोक्ता समितिसँग समय समयमा विवाद हुँदै आउँदा समेत प्राविधिकहरूले कुनै चासो नदेखाई कार्यलाई निरन्तरता दिएपछि उपभोक्ता समितिले आम उपभोक्ताहरूलाई सचेत गराउने तयारी गरेको जानकारी प्राप्त भएको छ । उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेसँग सम्पर्क गर्दा—समितिको अनुरोधलाई निर्माण व्यवसायीले वास्ता नगरे परिणाम गम्भीर हुने बताउनु भएको छ ।

    २०७७ असार १५ गते सम्झौताभई कार्य अगाडि बढेको छ । हुवासुई कन्काई जे.भिसंग १३४१०६५६३७ रुपैयाँमा ठेक्का सम्झौता भई तीब्र गतिले निर्माण कार्य अगाडि बढेको छ । समितिका तर्फबाट अनुगमन गरी गुणस्तरता साथै सम्झौता अनुसार कार्य नभएको सुझाव दिदै गर्दा सुनुवाइ नभएको बताउनु भएको छ । हाम्रो सुझावको बारेमा कुनै चासो नदेखाएको बताउनु भएको छ ।

    पाइपलाइन विस्तार‚ ट्याङ्की निर्माण लगायतको कार्यहरूमा उपभोक्ता समितिको तर्फबाट गर्नुपर्ने अनुगमन साथै सुझावको अपुग हुनुले निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरेको उपभोक्ताहरूको तर्क रहेको छ । जनप्रतिनिधिहरूले चासो कम राख्नु कतिपय जनप्रतिनिधिहरूले निर्माण व्यवसायीको पक्ष लिनुले पनि गुणस्तर हीन कार्डभएको गुनासाहरू छरपस्टै ।

    निर्माण व्यवसायीले कार्य सम्पन्न गरी हस्तान्तरण भए पश्चात कम गुणस्तरको सामाग्री प्रयोग भएको कारणले गर्दा छिटै संरचनाहरू बिग्रने जसले गर्दा जटिल समस्या आउने देखिन्छ । ठुलो लागतमा निर्माण भएको आयोजना भएकोले छिटै बिग्रीएमा मर्मत संभारको लागि आवश्यक पुँजी अभावले गर्दा आयोजना हात्ती आयो हात्ती आयो फुस्सा हुने सम्भावना बढ्दो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार