२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आइतवार कुन काम गर्न हुन्छ, कुन हुँदैन


३१२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष ४, आईतबार मा प्रकाशित २ साल अघि
  • ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । आइतबार(आज) सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ । साथै काशीको कोतवाला भैरवको प्रिय दिन पनि आइतवार हो ।

    ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेकर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा फाइदा हुने धर्मशास्त्रमा उल्लखे गरिएको छ । तपाईंको कुण्डलीमा सूर्य दुर्बल न हुन् र तपाईको अनिष्ट समय नआओस् भन्नका लागि केही काम आइतवार गर्न उपयुक्त हुँदैन ।–आइतवारको दिन सूर्यअस्ताउनु भन्दा पहिला नूनको सेवन राम्रो हुँदैन ।

    –आइतबार मासु, रक्सी जस्ता तामसी भोजन बर्जित गरिएको छ । यसको सेवनले सूर्यको दुष्प्रभाव जागृत हुन्छ ।

    –आइतबार दिउँसो सम्भोग गर्न हुँदैन ।

    –आइतवारको दिन पीपलको पूजा र पीपलको फेदमा पानी हाल्ने काम गर्न हुँदैन । मान्यताहरुका अनुसार यस्तो काम गर्नाले व्यक्तिमा दरिद्रताको वास हुन्छ ।

    –आइतबार तुलसीको पात चुड्ने वा तुलसीमा पानी हाल्ने काम गर्न उपयुक्त हुँदैन ।

    यस दिन तामाका सामान किन्नबाट जोगिनुहोस् ।

    के गर्ने त ?

    आइतवारका दिन भगवान सूर्य तथा भैरव नाथको पूजाको विशेष दिन हो । त्यसैले ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिन जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार