२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

आज आइतबार यी काम गरे हप्ता भरी मिल्नेछ सफलता


३०६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष २५, आईतबार मा प्रकाशित २ साल अघि
  • आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ । शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन ।

    यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् । तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।

    ॐ सूर्याय नम:
    सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
    ऊँ घृणि: सूर्यादित्योम
    ऊँ घृणि: सूर्य आदित्य श्री
    ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नम:

    हरेक आइतवार गर्नुहोस् यी काम

    शास्त्रमा दानको ठूलो महत्व दर्साइएको छ । आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ ।

    ननुहाइकन सूर्य भगवानलाई जल अर्पण नगर्नुहोस् । आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफता मिल्ने धार्मिक मान्यता रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार