२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

मलमास किन लाग्छ ? यस्तो समयमा के गर्दा शुभ, के गर्दा अशुभ


३५८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • – दिनेश राज खरेल


    तीन वर्ष पछि यो साल मलमास परेको छ । मलमास परेकै कारण सोह्रश्राद्ध लगतै सुरु हुने महा दशै एक महिना पछि धकेलिएको छ । आश्वीन २ गते शुक्ल प्रतिपदा देखि आश्वीन ३० गते कृष्ण औँसी सम्म मलमास परेको छ । यसलाई अधिकमान पनि भनिन्छ । यसै दिन देखि मत्स्यनारायण मेला पनि सुरु हुन्छ ।
    अधिक भन्नाले “धेरै” र मास भन्नले “महिना” भन्ने अर्थ लाग्छ ।

    विशेषत चन्द्रमाको हरेक तीन वर्षमा तिथीहरुको घडि पला अलिअलि तलमाथि पर्न जान्छ तिनैलाई समालेर जाडेर बन्न जाने अतिरिक्त एक महिनाको समयलाई अधिकमास भनिन्छ । यौ सौर्यसँग सम्बन्धीत नभएर चन्द्रमासँग सम्बन्धीत हुन्छ । शास्त्र अनुसार चन्द्रमा परस्त रहेकाले यो भगवान श्रीकृष्णको अभिन्न अंग महिना मानिन्छ । किनकी भगवान श्री कृष्णलाई चन्द्रवंशी भनिन्छ ।
    प्रत्येक महिनाको पुज्य देवता हुन्छन् तर मलमासको पुज्य देवता हुँदैनन् । त्यसैले मलमासको समयमा भगवान कृष्णले पनि व्रत उपासना दान पुन्य गरी पवित्रता धारण गरेको विद्वानहरुले बताएका छन् । मलमास २ प्रकारको हुन्छ । अधिकमास र क्षयमास । मलमास ३÷३ वर्षमा पर्न जान्छ भने क्षयमासको अवधि लामो रहन्छ ।
    मलमासको अवधिमा भगवान नै साधनामा लिन हुने हुनाले सामान्य बाहेक विशेष पुजा व्रत यज्ञ अनुष्ठान मनाहि गरिएको छ । श्री कृष्णलाई विष्णु अवतार भनी शास्त्रमा वर्णन गरिएको छ । त्यसैले यो अवधिमा भगवान विष्णुका विभिन्न अवतारको पुजा अर्चना गर्ने प्रचलन रही आएको छ । भक्तजनहरुले विशेष उपवास, उपासना र आरधना गर्नाले लाभ मिल्ने बताइन्छ । भगवान कृष्ण वा विष्णुलाई मन पर्ने रङ पहेँलो हो । त्यसैले मन्दिर वा तस्वीरहरु पँहेलो रङ, वस्त्र आभुषणले श्रृङ्गारिन्छ । पँहेलो चन्दन, टिका, माला लगाईदिने र फलफुल प्रसादहरु भोग लगाउने गरिन्छ । कृष्णचरित्र, रामचरित्र, विष्णु सहश्रनाम, गीता, रामायण आदि पाठ गर्नाले सुन्नाले, सुनाउनाले भगवान प्रसन्न हुने र आशिर्वाद मिल्ने जनविश्वास छ ।
    मानिसले नियमित गरि आएका पाठपुजा, व्रत गर्न मिल्ने तर विवाह, ब्रतवन्ध, यज्ञ, उत्सव आदि वर्जित गरिएको छ । किनकी मलमासमा गरिएको कार्यको फल नमिल्ने बताइन्छ । मलमासको समयमा नव विवाहित दम्पतीहरु सँगै बस्न नहुने सामाजिक मान्यता छ । यो समयमा नवविवाहितको शारिरीक संसर्गबाट जन्मिएका सन्तान असल नहुने भनाई छ । मानिसहरुले तेल र पिठोबाट बनेका परिकारहरु सखर, घिउ अन्य खाद्यवस्तु, अन्न तथा वस्त्रदान गर्नाले लाभ हुनेछ भनी पण्डितहरुले बताएका छन् ।
    भगवानको एक अवतार मध्ये मत्स्य अवतार एक मानिन्छ । जलाचर प्राणीहरुको उद्धारका लागि भगवान मत्स्य वा माछाको रुप धारण गर्नु भएको भनी कथाहरुमा सुन्न पाइन्छ । भगवानले अवतार लिनु भएको स्थल मत्स्य नारायणमा एक महिना सम्म विशेष मेला लाग्ने गर्दछ । मछिन्द्रनारायण मन्दिरमा दर्शन गर्ने भक्तहरुको भिड लाग्ने गर्दछ ।
    यसरी भगवानको विभिन्न स्वरुपलाई सेवा भक्ती र ध्यान गर्नाले भक्त वात्सल्य प्रति शान्ति र शक्तिको क्षमता बढ्ने छ । विस्तारै मानिसको मन धार्मिक आस्थामा लाग्ने र सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता वृद्धि हुने कुरालाई नकार्न सकिन्न ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार