२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

दशैको ऐतिहासिक महत्व, राज्य र शक्ति प्राप्तीका लागी दुर्गा पूजा


२५८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • दिनेश राज खरेल
    दशैलाई प्राचिनकालमा राजा महाराजाहरुले विजय उत्सवको रुपमा मनाउने गरेका थिए । एक राज्यवाट अर्काे राज्य विजय गरे पछि यि र यस्ता उत्सवले महत्व राख्ने गरेको तथ्य भेट्न सकिन्छ ।
    प्रा.डा. दिनेश राज पन्तका विभिन्न लेख तथा अन्र्तवार्तामा वताउनु भएको छ – “राजा महाराजहरु राज्य विस्तारका लागी विजय यात्रामा निस्कन्थे । शरद ऋतु लागेपछि बर्षा हट्ने र मौसमले साथ दिने भएकोले यो समयमा देविको आराधना गरी शक्ति लिने र यु४मा निस्कने गरेको पाइन्थ्यो ।”
    डा. पन्तको लेखहरुमा उल्लेख भए अनुसार “ दशैमा कोत पूजा गर्ने र वली दिने चलन छ । वन र राज्य सुरक्षाको लागी कोतको महत्व रहेको पाइन्छ । लिच्छविकालमा नेपाल अहिलेको जत्रै थियो । लिच्छविकालपछि टुक्रियो र बाह्रौ–तेह्रौ शताब्दिमा तीनवटा राज्य भयो । त्यस बीचमा अहिलेको भारत र तिब्वतसंग जोडिएका भू–भाग गुमेको प्रमाण भेटिन्छ । यसरि कुनै सामन्तले एउटा कोत कब्जा गरिदिएमा त्यसलाई फिर्ता गर्न गाह्रो हुन्थ्यो तसर्थ कोतको महत्व थियो ।
    शक्तिको पूजा र आराधना गर्नको लागी कोतको चलन चलेको थियो । १८ औं शताब्दिमा ३ वटा राज्य ५२ वटा भन्दा बढी हुन गयो । त्यस बखत साना राज्यहरु राय बढाउने र जीतको इच्छा राख्दथे । त्यतिवेला कोत तथा किल्लाहरु धेरै बने । सवै कोतमा दशैको समयमा विशेष पूजा गरी शक्तिको कामना गर्न थालेको पाइन्छ ।
    वि.सं. १७९९ मा राजा भएपछि पृथ्विनारायण शाहाले राज्य पुनः एकिकरण सुरु गरे । पहिलो चरणमा सफल हुन सकेनन् । उनले एकिकरण अभियानलाई तिव्रता दिए । त्यस समय पनि कोत वा किल्लाको योगदान महत्वपुर्ण थियो । यसरी नेपालीहरुमा लिच्छविकालदेखि यक्ष मल्ल्लको समय र गोपाल वंशको पालामा पनि दशैको उत्तिकै महत्व रहेको कुरालाई नकार्न सकिदैन ।
    अहिले पनि नेपाली सेनाले कोत पूजालाइ महत्वका साथ लिने गरेको छ । सेनाले आफ्नो व्यारेक र गुल्महरुमा कोतको पूजा गर्ने गर्दछन् । कतिपय गुल्मका नाम पनि देवि, काली, भगवती आदि नामसंग सम्बन्धित रहेका छन् । देवि वा कालीको आराधना गरी शक्ति संचय गर्ने चलन छ । कोतको पूजा गरी बलि दिने गरिन्छ । अहिले पनि गोर्खावाट पूजा गरी ल्याइएको फूलपाती काठमाडौंमा भित्राउने ऐतिहासिक चलन छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार