२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

दुई काभ्रेली पोखरामा मृत भेटीयो


३१६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ २८, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिकाका दुई जना युवायुवती पोखरामा मृत अवस्थामा फेला परेका छन् ।

    जिल्लाको बनेपा नगरपालिका वडा नं १ की २८ वर्षीया सुदिना कर्माचार्य  र बनेपा नगरपालिका वडा नं १० का ३२ वर्षीय दिवाकर थापा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथमा भएको नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनका अनुसार घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

    शवबारे आइतबार राति नै खबर आएपनि सोमबारमात्रै त्यहाँ पुगेर पोखरा ल्याइएको उनले बताए ।  यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार