२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

 माओवादी नेता गौतमले हजारौँलाई रुवाए धरधरी‚ सुरक्षाको व्यवस्था गरे भुक्तानी दिन्छु–गौतम 


३८३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण १७, मंगलबार मा प्रकाशित १ साल अघि
  •  काभ्रेपलाञ्चोक । छोटै समयमा निकै आर्थिक उपार्जन गरेको हाउभाउ देखाउदै सामाजिक कार्यहरूमा समेत सहभागिता जनाउदै आएका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका पात्लेखेत स्थाई बसोवास भई काठमाडौँको कुलेश्वरमा सहकारी सञ्चालनको साथमा व्यवसाय गर्दै आएका राम बहादुर गौतम सहकारी क्षेत्रको लागि कलंक सावित भएका छन् । 

     व्यक्तिगत फाइदाको लागि राजनीतिक दलहरूलाई समेत आफ्नो कब्जामा राख्न रुचाउने गौतम पछिल्लो समयमा सफल व्यवसायीको रुपमा चिनिँदै आएका थिए । माओवादी पार्टीको हेटौंडाम सम्पन्न राष्ट्रिय अधिवेशनमा महाधिवेशन आयोजक कमिटीको भूमिका निर्वाह गर्दै व्यक्तिगत रुपमा राम्रै खर्च समेत गरेका थिए । 

     व्यक्तिगत फाइदाको लागि राजनीतिक दलहरूलाई समेत आफ्नो कब्जामा राख्न रुचाउने गौतम पछिल्लो समयमा सफल व्यवसायीको रुपमा चिनिँदै आएका थिए । माओवादी पार्टीको हेटौंडामा सम्पन्न राष्ट्रिय अधिवेशनमा महाधिवेशन आयोजक कमिटीको भूमिका निर्वाह गर्दै व्यक्तिगत रुपमा राम्रै खर्च समेत गरेका थिए । 

     २०७४ को संघीय निर्वाचनमा माओवादीको तर्फबाट काभ्रे क्षेत्र नं १ बाट टिकट पाउने निकै हल्ला मच्चिएपछि माओवादी नेता सूर्यमान दोङसंग सम्बन्ध अलि चिसिएको थियो । संघीय निर्वाचनमा टिकट नपाएपछि माओवादी पार्टीमा कम सकृय भएका व्यवसायी गौतमले आफ्नो व्यवसायको प्रचार प्रसारको लागि सञ्चारकर्मीहरूलाई समेत आफ्नो बहसमा पार्न सफल भएका थिए । टिकट नपाएपछि नेकपा एमालेमा अवसरको लागि निकै पहल गर्दै आफु एमाले भन्दै अगि बढेपनि अवसर पाउन सकेका थिएनन् ।

     पछिल्लो समयमा आएर गौतमले गर्ने कार्यहरूमा खोट देखिन थालेको थियो । गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक गौतमले बचतकर्ताको रकम हिनामिना गरी फरार भएको समाचारले गर्दा सहकारी क्षेत्रमा निकै धक्का लागेको छ । जनताले बैंकहरूलाई भन्दा बढी विश्वास गर्दै आएको अवस्थामा गौतमश्री सहकारी लगायत केही सहकारीबारेको गर्दा सहकारी क्षेत्र संङ्काको घेरामा परेको छ । 

     गौतमश्री बहुदेशीय सहकारी संस्थाको गिर्दो गतिविधिका कारण सो संस्थामा आबद्ध शेयर सदस्यहरूले कानुनी बाटो पहिल्याएका छन् । सहकारीको कार्यालय बन्द गरी फरार सञ्चालकहरू फरार भएपछि पीडितहरू सहकारी विभागमा पुगेका छन् । बैंकसँग समेत ऋण लिएकोले सहकारीमा एभरेस्ट बैंकले समेत सूचना टाँस गरेको छ ।

     सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएका हुन् । सञ्चालक नै फरार भएपछि बचतकर्ताहरू विभागको ढोका ढक्ढक्याउन पुगेका छन् । पीडितहरूको उजुरीको चाङ लागेपछि सहकारी विभागले सहकारीको अवस्था के हो‚ सहकारीको चल–अचल सम्पत्ति के कति छन्‌‚ विभागको अनुमतिबिना नखोल्नु भनेर प्रहरी प्रधान कार्यलयलाई पत्राचार गरको जानकारी प्राप्त भएको छ ।

     सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । बचतकर्ताले पटक–पटक रकम फिर्ता गर्न माग गर्दा पनि नदिएको गुनासो पीडितहरूको रहेको सहकारी विभागले जनाएको छ । ७ अर्ब रुपैयाँ हिनामिना गरेको उजुरी पर्न थालेपछि अध्यक्ष गौतमले एक विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था मजबुत पारे शेयर सदस्यको रकम फिर्ता दिने विज्ञप्ति जारी गरेका छन् । 

    यस्तो छ प्रेस विज्ञप्तिको पुर्ण पाठ
    मिति  २०७९ साउन १७ गते मंगलबार

    काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरमा रहेको र सहकारी विभागमा दर्ता कायम भई नियमित सञ्चालनमा रहेको गौतमश्री बहुउद्धेशीय सहकारी संस्था लिमिटेडका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु र त्यसबाट पर्न गएको भ्रम तथा उत्पन्न परिस्थितिका बारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसका कारण सहकारीका सम्पूर्ण शेयर सदस्य, बचतकर्ता महानुभावहरु र अन्य सरोकारवाला पक्षहरुमा पर्न गएको भ्रम र असुविधाको लागी म क्षमाप्रार्थी छु । यस विषयमा यथार्थ सार्वजनीक गर्न तथा थप स्पष्ट पार्नको लागि यो विज्ञप्ति जारी गरिएको छ ।
    १. सर्वप्रथम म सहकारी संस्थाको अध्यक्ष राम बहादुर गौतम अन्य कम्पनीको काम विशेषले नेपाल वाहिर गएको र मेरो मोवाइल सम्पर्क नभएको अवस्थामा त्यसैलाई आधार बनाई म सहकारीको बचतकर्ताको रकम खाएर भागेको भन्ने समाचार सार्वजनीक गरिएकोमा म बचतकर्ताको रकम खाएर नभाग्ने र नभागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागिसकेकोजानकारी गराउँदछु ।

    २.सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोभीड महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भएतापनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो । तर अप्रत्याशीत रुपमा केही संचामाध्यममा सहकारी समस्यामा रहेको भन्ने भ्रमात्मक समाचार सार्वजनीक भएपछि बचतकर्ताहरुमा त्रास पैदा हुनु स्वभाविक नै हो । संस्थासँग सम्वन्धीत केही कुत्सीत मानसिकता भएका व्यक्तिले फैलाएको सो भ्रमपश्चात सहकारीमा बचतकर्ताहरुको भिड लगाउने र विभागमा तथा प्रहरी प्रशासनमा समेत उजुरी गरी मेरो व्यक्तिगत र पारिवारीक सदस्यहरुलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्ने, कर्मचारीहरुलाई समेत आक्रमण गर्ने लगायतका धम्की आइरहेको सन्दर्भमा सुरक्षाको प्रत्याभुति हुने वित्तिकै कार्यालय नियमित सञ्चालन गर्ने र बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

    ३. म सहकारी ऐन, नियमावली र नेपाल सरकारले लागु गरेको सम्पूर्ण मापदण्ड, नीति, विधि र विधानप्रति प्रतिवद्ध रहेको र आम वचतकर्ता महानुभावहरुको समस्याप्रति अत्यन्त गम्भीर छु । सहकारी सञ्चालकको रुपमा बचतकर्ता सदस्यहरुको रकम यथासिघ्र फिर्ता गर्ने वातावरण बनाउने मेरो प्रतिवद्धतामा सहयोग गर्न म सहकारीका आम शेयर सदस्य महानुभावहरु, बचतकर्ता महानुभावहरु, सञ्चारमाध्यम, प्रहरी प्रशासन र अन्य सरोकारवाला पक्षहरुलाई हार्दिक आग्रह पनि गर्दछु ।
    ४. संस्थाबाट प्रवाह गरिएको सम्पूर्ण कर्जा असुली गर्न केही समय लाग्ने भएतापनिम आम बचतकर्ता महानुभावहरुलाई विनम्रताका साथ आग्रह गर्दछु की म तपाईहरुको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईहरुको बचत रकम मेरो जायजेथा र सम्पत्ती बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
    ५. म सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न प्रतिवद्ध भएको अवस्थामा मेरो र संस्थाको सुरक्षाको प्रत्याभुति गराईदिनको लागि नेपाल सरकार, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र प्रहरी प्रशासनसमक्ष विनम्र अनुरोध गर्दछु ।
    अन्त्यमा म सम्पूर्ण सञ्चारमाध्यहरुमा म र मेरो नेतृत्वमा रहेको गौतमश्री बहुद्धेशीय सहकारी संस्थाको विषयमा भ्रमात्मक र उत्तेजनात्मक समाचार प्रवाह नगरिदिनुहुन तथा सत्य तथ्य समाचार प्रवाह गरी संस्था नियमित रुपमा सञ्चालन हुने वातावरण निर्माणमा सकारात्मक सहयोग पुर्याइदिनुहुन विनम्रताका साथ अनुरोध गर्दछु । म नेपाल आइसकेको र आवश्यकता अनुसार बचतकर्ताहरुसँगको सम्पर्कमा रहेर समस्या समाधानमा लागिसकेकोले थप उत्तेजित वातावरण नबनाउन तथा सहज वातावरण निर्माणमा सहयोग पुर्याउन सम्वन्धीत सबैमा हार्दिक अपील पनि गर्दछु ।

    राम बहादुर गौतम
    (अध्यक्ष)

     


     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार