२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

ताम्रेश्वर महादेव परिसरमा ६४ शिवलिंग अनावरण‚ चुनाव जिते भने सहयोगको लागि दुबिधा हुन्न—सांसद लम्साल (भिडियो सहित)


४०१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र १७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ र ४ को सिमानामा रहेको सुनमती  गङ्गाको तिरमा अवस्थित ताम्रेश्वर महादेव मन्दिर परिसरमा निर्माण भएको ६४ शिवलिंग अनावरण सम्पन्न भएको छ ।

    भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमीको अवसरमा आज (विहिबार) सो अनावरण गर्ने कार्य सम्पन्न भएको हो । पाँचखाल उपत्यकाको लागि सुविधा सम्पन्न घाटको रुपमा परिचित सो स्थानमा पार्टी‚ मन्दिर‚ पिउने पानी‚ किरियापुत्री घर‚ शौचालय‚ मलामीहरूका लागि प्रतीक्षालय व्यवस्था समेत भएको छ ।

    घाट व्यवस्थापनको लागि सो स्थानमा सप्ताहको आयोजना गरी अर्जित रकम‚ पाँचखाल नगरपालिका वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारीको पहलमा नगरपालिका साथै वडाबाट उपलब्ध भएको रकम‚ स्थानीयले प्रदान गरेको चन्दा समेतबाट अत्यन्त सौन्दर्य ढंगबाट व्यवस्थापन गरिएको छ । दूरदराजमा लुकेर रहेको ऐतिहासिक महत्व रहेको उक्त मन्दिरको विषयमा पाँचखाल र आसपासका स्थानीयले जानकारी पाउने अवसर जुटेको छ । मन्दिरको महत्वको विषयमा जानकारी पाएपछि भक्तजनहरु सुनमती गङ्गाको किनारामा अवस्थित ताम्रेश्वर महादेव मन्दिरमा आफ्नो मनोकाङ्क्षा पूर्ण हुने विस्वसका साथ दर्शन गर्नेको भिड लाग्ने गरेको छ ।

    सो महत्वपूर्ण स्थानमा ६४ शिवलिङ्गका अभाव महसुस गर्दै ३ लाख ३ हजार २ सयको लागतमा निर्माण सम्पन्न भएको थियो । सो रकम व्यवस्थाको लागि चन्दा संकलन गरिएको थियो । ६४ शिवलिंग निर्माणको लागि ज्ञानवहादुर थापा बाट २ लाख ३३ हजार ८५ रुपैयाँ चन्दा उपलब्ध गराएको थियो । त्यसैगरी काफ्लेडीही बाँनियाँ डीही गुठीबाट १५ हजार‚ दुलालथोक गुठीबाट १५ हजार‚ अप्सरा (ढुंगाना) सिपखानले आफ्नो ससुरा देविप्रसाद सिपखानको सम्झनामा १३ हजार‚ तारानाथ तिमल्सिना ५ हजार १ सय ११‚ ध्रुव प्रसाद काफ्ले ५ हजार १ रुपैयाँ‚ जयराज दनुवारले आफ्नो स्व.आमा चरी दनुवारको सम्झनामा ५ हजार‚ हरिबहादुर श्रेष्ठ ( वडा नं ३)  ५ हजार १ रुपैयाँ चौलागाईँ ५ हजार १ रुपैयाँ सहयोग गर्नुभएको छ । सो कार्यको लागि निर्माण सामाग्री साथै आर्थिक सहयोग समेत भएको थियो ।

    बागमती प्रदेश सभासद लक्ष्मण लम्सालको उपस्थितिमा ६४ शिवलिंग अनावरण कार्य सम्पन्न भएको थियो । सो अवसरमा सांसद लम्सालले चुनाव आउँदै छ यो समयमा पैसा दिन्छु भन्नु उपयुक्त नहुने बताउनु भयो । मैले वडा अध्यक्षसँग घाट व्यवस्थापनको लागि कुरा गरेको छु‚ आगामी दिनहरूमा यो स्थानको संरक्षणको लागि साथ दिने बताउनु भयो । यहाँ धेरै कामहरू बाँकी छ‚ जति संरचनाहरू बनाएको छ संरक्षण गर्न जरुरी छ । आगामी चुनावमा मलाई फेरी जनप्रतिनिधि बनाएर पठाउनु भयो भने सहयोगको लागि दुबिधा नहुने सांसद लम्सालले बताउनु भयो ।

    तामे्रस्वर घाट व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद दुलालको सभापतिमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता अप्सरा ढुंगाना ‚ पाँचखाल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ‚ वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल‚ वडा नं ५ का वडा अध्यक्ष सिताराम ढुंगाना लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन व्यवस्थापन समितिका सचिव ध्रुव काफ्लेले गर्नुभएको थियो ।
    सो कार्यक्रममा पाँचखाल क्षेत्रमा सामाजिक कार्यहरुमा समेत सकृय भूमिका निर्वाह गर्दै अगाडी बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले पिउने पानीको व्यवस्था गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार