२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पुण्य मावि प्राविधिक शिक्षामा


२४१८ पाठक संख्या

पनौती-शिक्षिका सरस्वती कडेंलको पहलमा पुण्य मा.वि पनौतीलाइ १० वटा कम्प्युटर प्राप्त भएका छन् । लायन्स

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • पनौती-शिक्षिका सरस्वती कडेंलको पहलमा पुण्य मा.वि पनौतीलाइ १० वटा कम्प्युटर प्राप्त भएका छन् ।

    लायन्स क्लब अफ पनौतीको सिफारीसमा उक्त कम्प्युटरहरु पुण्य मा.वि पनौतीलाई fulffo ब्राजिल मार्फत एनजिओ arsenic बाट एक समारोह विच विद्यालयलाई हस्तान्तरण भएको हो ।

    हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार कर्माचार्य—सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । आज शिक्षिका सरस्वती कंडेलले जे गर्नु भएको छ त्यसवाट हामी सवैले पाठ सिक्न जरुरी छ । सामुदायिक विद्यालयका शिक्षकहरु जागिरमात्र खान्छन्, विद्यालयका लागि केही गर्दैनन् भन्ने भ्रम छ, त्यो चिर्न आवश्यक छ भन्नु हुदै हामी शिक्षकमात्र हैनौ समाज परिवर्तनका संवाहक पनि हौं, हामीले यो शंदेश दिन जरुरी छ भन्नु भयो ।

    उक्त अवसरमा प्रधानाध्यापक रमेश कर्माचार्यले थप्नुभयो जिंम्मेवारी थपिएको छ, संस्थागत विद्यालयको उत्पादन भन्दा सामुदायिक विद्यालयको उत्पादन अब्बल हुंदा हुंदै पनि हाम्रो उत्पादन तर्फ प्रस्न चिन्ह लाग्ने गरेको छ । हामीले सामाजिक मुल्य मान्यतामा रहेर गुणस्तरीय शिक्षा दिन आवस्यक छ । त्यो हामीबाट पुरा हुन्छ, मात्रै लगाव हुनु प¥यो, अभिभावक र विद्यार्थीको विस्वास जित्नु प¥यो,भन्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार