२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

क्याम्पस प्रमुखलाई विद्यार्थीले रामधुलाई


१८०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । त्रिचन्द्र कलेजका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने कुटिएका छन् । सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीको हुलले न्यौपानीमाथि कुटपिट गरेको हो ।

    घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार अनेरास्ववियू मनराज थापा र गोविन्द थपलिया पक्राउ परेका हुन् ।दुवै जनालाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

    विद्यार्थीहरुका अनुसार कलेजका विज्ञान संकायको शुल्क बढाएपछि नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी संगठन आन्दोलतनरत् थिए । त्यही क्रममा यो घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार न्यौपानेको वीर हस्पिटलमा उपचार भइरहेको छ । उनको हातमा चोट लागेको जनाइएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार