२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भष्ट्रचार बिरुद्धको आन्दोलनमा उपभोक्ता महासंघको ऐक्यद्धता


७६४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० जेष्ठ १०, बुधबार मा प्रकाशित ११ महिना अघि
  • काठमाडौ  ।  नेपाली उपभोक्ता संरक्षण महासंघले सुसासन गुणस्तरीय बस्तु सेवा  र स्वछ खाध्य बस्तुको उपयोग गर्न पाउने आम उपभोत्ताको सबैधानिक हक अधिकार कार्यम गर्न आवहान गरेको छ । उपभोक्ता महासंघका अध्यक्ष चन्द्र साउदले ९ बुदे माग सरकारसँग राख्दै  अधिकार दिलाउने सवालमा जस्तौ सुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका छन् ।

    महासंघको कार्यालय परिसरमा आफ्ना मागहरु ब्यानर मार्फत सार्वजनिक गदै अध्यक्ष साउदले नक्कली भुटानी शरणार्थीसँग सम्लग्न सबै ठगहरुलाई कारबाही गर ,सबैखाले भष्ट र कालो बजारीयाहरुलाई कारबाही गर, अधिकार सम्बन्न बजार अनुगमन समिति गठन गर, उपभोत्ता मन्त्रालय स्थापन गर लगायतका नौ बुदे माग राखेका छन् । कालोबजारी गुणस्तरीयहिन बस्तु तथा सेवाको पूर्ण निस्कृयता, उपभोत्ताको हक हितको लागि जनस्तरको खबरदारी गर्ने उदेश्यले महासंघको स्थापना भएको बताउदँ अध्यक्ष चन्द्र साउदले नेपालको कालोबाजारी, भ्रष्टाचार, गुणस्तरहिन् अखाद्य–बिषादी बस्तुको निर्मुलिकरण गरी सर्ब–साधारणको चुलोमा स्वस्थ खाना र जीवनमा स्वस्थता ल्याउन महासंघ लागि परेको बताए ।

    उपभोक्ता हकहित सम्बन्धि छुट्टै मन्त्रालय गठन गर्न आग्रह गदै अध्यक्ष साउदले भने स्थानिय, प्रदेश र केन्द्र गरी ३ तहमा अधिकार सम्पन्न अनुगमन समिति गठन गरी तीनवटै तहमा नेपाली उपभोक्ता संरक्षण महासंको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे ।  देशमा व्याप्त चरम महंगी, कालोबजारी, भ्रष्टाचार, नैतिक स्खलन, अराजकताबाट देशलाई कसरी जोगाउने, कृषि उत्पादनलाई कसरी बढाउने, किसानसम्म बेलैमा मल कसरी पुर्याउने भन्ने बारेमा महासंघले सरोकारवालको ध्याकर्षण बेला बेलामा गराएको भएपनि राज्यले नसुनेको महासंघका केन्द्रीय सदस्य अधिवत्ता बिष्णु गिरीले बताए । आम उपभोक्ताले भोग्नुपरेकोे कालोबजारी, भ्रष्टाचार, कुुशासन, गुणस्तरहिन अखाद्य बस्तु तथा सेवाका विरुद्ध उपभोक्ता हकहितका लागि जनस्तरको खवरदारी गर्ने र सुशासन कायम गर्ने कार्य महासंघले गदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार