२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

 स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम


२८०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • आर.एल.श्रेष्ठ
    काठमाडौं । नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा १०३ जना स्टाफ नर्सहरु सहभागी थिए ।

    कलेजमा कार्यरत स्टाफ नर्सहरुको क्षमता विकास गराउने उद्देश्यका साथ कलेजले यो तालिम दिएको हो । तालिममा सहभागी स्टाफ नर्सहरुलाई उपचारका क्रममा बिरामीको शारिरीक स्वास्थ्य अवस्था हेरेर उसलाई कस्तो प्रकारको लाइफ सपोर्ट चाहिएको निश्चित गरी प्रयोग गर्न सिकाइएको थियो । चिकित्सकीय सेवामा लाईफ सपोर्टका स्वास्थ्य सामग्रीहरु बिरामीलाई समयमै प्रयोग गर्दा हुने फाइदाहरुका बारेमा जानकारी दिईएको कलेजकी मेट्रोन नविना सिंहले जानकारी दिइन् ।

    तालिममा सहभागी स्टाफ नर्सहरुले इमरजेन्सी तथा क्रिटिकल केयरमा आउने बिरामीहरुलाई सहज बनाउन लाइफ सपोर्ट स्वास्थ्य सामग्रीहरुको उपयोगिता, त्यसले दिने फाइदा बारे जानकारी पाइएको बताए । इमरजेन्सी र क्रिटिकल केयरमा आउने बिरामीहरुलाई समयमै उपचार गराउन सके उनीहरुको जीवन बचाउन लाइफ सपोर्ट सामग्रीहरुको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

    कलेजले आफ्ना स्वास्थ्यकर्मीहरुलाई समयसापेक्ष दक्ष र सीपयुक्त बनाउन समयसमयमा यस्ता तालिमहरु नियमित रुपमा गर्दै आइरहेको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय कलेज विरगञ्जका सफल मेडिकल व्यवसायी, प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीको नेतृत्वमा गएसँगै स्वास्थ्य सेवालाई सुधार्दै चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरुको क्षमता अभिबृद्धिका तालिमहरु पनि सञ्चालन गर्न थालिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार