२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

होटलमा कौडा खेल्दै गरेका पाँच जना काभे्र प्रहरी नियन्त्रणमा


९६७३ पाठक संख्या
  • २०८० चैत्र १०, शनिबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नं ९ ढुंगाखानीमा रहेको शुभान होटलमा कौडा खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रहरी टोलिले पक्राउ गरी आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिजो शुक्रवार राती ११÷३० बजेको समयमा शुसिल रानाभाट ले संचालन गरेको शुभान होटेलको १०२ नं. कोठामा कौडा खेलिरहेको छ भन्ने गोप्य सुचना को आधारमा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी टोलि खटी गई खानतलासि गर्दा १५ (पन्ध्र) वटा कौडा सहित नेपाली रुपैँया २० हजार ६८०।– बरामद गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार