२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

मन्त्री लम्सालको पहलमा अनलाइनमार्फत पटके बाटो इजाजत  भुक्तानी प्रणाली सुरु


३०४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १३, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौँ- बागमती प्रदेश सरकारले अनलाइनमार्फत पटके (अस्थायी) बाटो इजाजत पत्र भुक्तानी प्रणाली सुरु गरेको छ ।

    मंगलबार भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा एक कार्यक्रमबिच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सो भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् । त्यस अवसरमा उनले सेवाग्राहीलाई सुविधा दिन र राजश्व सङ्कलनमा समेत तलमाथि नहोस् भन्ने उद्देश्यका साथ सो सेवा सुरुवात गरिएको बताए । मन्त्री लम्सालले सो सेवा सुरुवात गरेर मन्त्रालयले एउटा महत्त्वपूर्ण काम गरेको उल्लेख गर्दै अरू धेरै सुधारको कामहरू गर्न बाँकी रहेको बताए ।

    उनले भने,‘यो अनलाइन सिस्टम गर्ने बित्तिकै हामीले कार्यालय जानै परेन । कार्यालय नगईकन यो अस्थायी पटके अनलाइनबाट लिनेगरी यो व्यवस्थालाई सुरु गर्नका लागि हामीले विगत ३/४ महिनादेखि धेरै हिसाबले छलफल गर्‍यौँ मन्त्रालयमा । धेरै राउण्डमा हामी ट्राफिक प्रहरीसँग पनि बस्यौँ । यो फिल्डमा काम गर्ने साथीहरूसँग पनि बस्यौँ । आइटीका साथीहरूसँग पनि बस्यौँ ।

    विभिन्न व्यवसायी साथीहरूसँग पनि बस्यौँ । त्यसपछि हामी अनलाइनमा जाने निधोमा पुग्यौँ । र आजदेखि हामी यो सुरु गर्दैछौं । आज हामीले सुरु गरिसक्यौँ । अव लाइन बस्नुपरेन, अफिल आउनु परेन । बढी पैसा तिर्नुपर्ने गुनासो पनि सुन्न परेन । हामी प्रविधिको हिसाबले जाँदा सेवा लिने र दिनेबिच भेट गर्नु पनि परेन । र यसले यातायात कार्यालयको भीडलाई पनि कम गर्छ । सेवाग्राहीले सुविधा पनि पाउँछ । राजश्व सही ढङ्गले उठ्छ । र हामी सबै नयाँ ढङ्गले अघि बढ्छौँ । र यो महत्त्वपूर्ण काम हो भन्ने हामीलाई लागेको छ । यातायात मन्त्रालय र यातायात क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छ । यो एउटा अंश मात्रै हो ।’

    कार्यक्रममा बोल्दै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सो अनलाइन सेवाले सुशासनको क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार