२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

डकैती गर्ने तीनजना पक्राउ


३३२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित ४ हफ्ता अघि
  • दाेरम्बा- रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका– ४ स्थित पासेवन ओख्रेनीका ८८ वर्षीय हर्कबहादुर नगरकोटीको घर तोडफोड गरी डकैती गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा दोरम्बा शैलुङ गाउँपालिका– ४ बस्ने ३४ वर्षीय रोहितबहादुर थापामगर, वडा नम्बर २ दोरम्बाका २२ वर्षीय तेजबहादुर थापामगर र मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ५ का ४० वर्षीय खेम राई रहेका छन्।

    उनीहरूले मगंलबार राति १२ः३० बजेको समयमा नगरकोटीको घरको मूलढोका फोडी नगरकोटीदम्पतीलाई कुटपिट गरी घरमा भएको १५ हजार नगद र दुई तोलाको सुनको गरगहना चोरी फरार भएका थिए।

    घटनापछि तत्कालै नगरकोटीले छिमेकीको सहयोगमा इलाका प्रहरी कार्यालय टोकरपुरमा खबर गरेका थिए। चोरीमा संलग्नहरू दोलखाको मागापौवा भन्ने स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा उनीहरूलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    तीनैजनालाई हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार