२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

पाँचखालको नगरसभा सम्पन्न‚ कर्मचारी र जनप्रतिनिधिहरूको कारण नगर अग्रपङ्तिमा रहन सफल—खरेल 


३०११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ २९, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । आगामी आर्थिक बर्ष २०७९/८० को बजेट‚ नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्दै पाँचखाल नगरपालिकाको नगरसभा सम्पन्न भएको छ ।
    नगर प्रमुख महेश खरेलको अध्यक्षतामा आज बुधबार बसेको नगरसभाको बैठकले नगर प्रमुख खरेल द्वारा प्रस्तुत नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो ।
    बैठकमा उपप्रमुख शुर्यमायाँ दनुवारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम बजेट वक्तव्य‚ २०७९ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा दनुवारले १ अरव २९ करोड ९६ लाख ७६ हजार रुपैयाँको अनुमानित आय व्यय विवरण (बजेट) पेश गर्नुभएको थियो । 

    सौहार्द पूर्ण सर्व सहमतिको आधारमा सम्पन्न अधिवेशनको समापन गर्दै नगरप्रमुख खरेलले भन्नुभयो—नगरका कर्मचारी र जनप्रतिनिधिहरूको अथक प्रयास साथै योगदानको कारण वागमती प्रदेशमा पाँचखाल नगर अग्रपङ्तिमा रहन सफल भएको बताउनु भयो । नगरमा रहेको १३ वडामा कालोपत्रे गर्ने कार्य भएको छ‚ सो कार्यलाई विस्तार गर्नाको साथै नगरका प्रत्तेक ठुला बस्तीहरू‚ विद्यालयहरू‚ स्वास्थ्य चौकी लगायतको स्थानहरूमा कालो पत्रे पुर्याउने कार्यको सुरुवात गरिने बताउनु भयो । 

    पाँचखालको विकासको लागि ठुलो फड्को मार्न तयारी रहेको बताउदैन प्रमुख खरेलले भन्नुभयो हजार रोपनीमा फैलने ग्रीन सिटीको लागि ६ करोड‚ सिँचाइको लागि २ अर्ब ५० करोड‚ स्पोर्ट टुरिजमको लागि कार्य अगाडि बढेको लगायतका धेरै विकास निर्माण कार्यले फड्को मारेको छ । पाँचखालमा ९ कक्षा बाट प्राविधिक शिक्षाको व्यवस्था गर्दै आजाद माविले कक्षा सुरुगरेको बताउनु भयो । नगरमा निर्वाचित हामी जनप्रतिनिधि शासक हैन जनताको सेवक भएर कार्य गर्ने छौं । निर्वाचनमा जुन जुन दलबाट निर्वाचित भएपनि अवको समय सवै प्रतिनिधिहरू पाँचखालको हितको लागि पाँचखाल दलको रुपमा एक जुट भएर अगाडि बढेका छौं । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार