२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

 पाँचखाल वृहत खानेपानीको काम अन्तिम चरणमा‚ असार मसान्त सम्ममा घरघरमा पानी पुग्नुपर्छ—महाँनिर्देशक


२८२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र ५, आईतबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रेपलाञ्चोक । पाँचखाल नगरवासीको भविस्यसंग जोडिएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम करिव अन्तिम चरणमा पुगेको छ । मुलुकमा कोभिड १९ ले गाँजिरहेको अवस्थामा समेत स्वास्थ्य मापदण्ड कायम राख्दै सामाजिक दूरी निर्धारण गरी कामलाई निरन्तरता दिंदा निर्धारित समयमै पानी पिउन पाउने भएका छन् पाँचखाल वासिले ।
    आयोजनाको कार्य कुन स्तरमा अगाडि बढेको छ भनी अनुगमनको लागि खानेपानी विभागबाट आउनु भएका महानिर्देशक रमाकान्त दुवाडीले आर्थिक वर्ष ०७९/०८० सम्ममा कार्य सम्पन्न गरि उपभोक्ताको घरघरमा पानी खस्नुपर्ने निर्देशन दिनु भएको छ ।

    सो समयमा कार्य सम्पन्न गर्नको लागि खानेपानी विभागले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो । सम्झौता अनुसारको गुणस्तर हुनुपर्ने‚ कार्ययोजना बनाएर कार्यलाई अगाडि बढाउनु पर्ने‚ उपभोक्ता समितिले व्यवसायिक ढंगबाट कार्यलाई अगाडि बढाउनु पर्ने वताउनु भयो । निर्माण व्यवसायी राम प्रसाद मैनालीले जुन ढंगबाट कार्य गर्नुभएको छ सो सकारात्मक रहेको बताउनु भयो । औचित्य पुष्ठिहुने ढङ्गको काम गर्नोस् त्यस्तो कामलाई खेर जान नदिने ठोकुवा गर्नुभयो । यो योजना हाल सम्मकै ठुलो आयोजना भएकोले नमुना ढंगबाट सम्पन्न गराउनु पर्नेमा जोड दिनुभयो ।

    अनुगमनको क्रममा शहरी खानेपानी आयोजना निर्देशक शालिकराम पौडेल‚ शहरी खानेपानी आयोजना उपनिर्देशक टिका बहादुर चौधरी‚ प्रबन्ध निर्देशक खेम डल्लाकोटी  लगायतको अनुगमन टोलीले खानेपानी मुहान स्थल‚ पानीट्याङ्की‚ पाइपलाइन विस्तार समेतको अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा टोलीले काम राम्रो साथै छिटो छरितो ढंगबाट अगाडि बढेको बताउनु भयो । अनुगमन टोलीमा रहनु भएका विज्ञहरुलाई आयोजनाका सुपरभाइजर इन्द्रमान सिं बस्नेतले हाल सम्म सम्पन्न भएको कार्यको जानकारी गराउनु भएको थियो ।

    अनुगमन टोली समक्ष पाँचखाल सुनकोशी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार प्रसाद लामिछानेले काम छिटो साथै गुणस्तरिय ढंगबाट सम्पन्न गर्नको लागि समितिको तफर्बाट गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो । पाँचखाल वासिलाई खानेपानीको सहज व्यवस्थाको लागि ०७१ सालबाट निरन्तर रुपमा अगाडि बढेको उपभोक्ता समितिले सहयोग गर्न पछि नपर्ने ठोकुवा गर्नुभयो ।

    नगरमा रहेका सबै राजनीतिक दलहरूसंग साथै नगरवासीहरूमा सहकार्य गर्दै अगाडि बढ्दा निर्धारित समयमा योजना सम्पन्न हुने बताउनु भयो । “पद ठुलो होइन‚ योजना ठुलो हो‚ पदलाई भन्दा योजनालाई महत्व दिएर आगाडी बढ्नुपर्छ ।” अध्यक्ष लामिछानेले बताउनु भयो ।

    २०७७ असार १५ गते सम्झौता सुरुभएको कार्य अन्तिम चरणमा पुगेको छ । हुवाइ कन्काई जातिसँग १३४१०६५६३७ रुपैयाँका ठेक्का सम्झौता भई तिब्र गतिले निर्माण कार्य अगाडी बढेको छ । निर्माण व्यवसायीसँगको सम्झौता अनुसार पहिलो चरणको काम २०७९ पौष १४ सम्पन्न गर्नुपर्ने उल्लेख भएको छ ।

    गत आर्थिक वर्षमा छुटिएको बजेटले ट्राक खुलेपनि मालबाहक सवारी साउन आवत जावत गर्न कठिन छ ‚ जसको कारण २ नं पम्प स्टेसनमा काम गर्न कठिन भएको छ । सडकलाई व्यवस्थित गर्न नसके बर्षातमा आवत जावत गर्न निकै कठिन छ ।
    आयोजनाका सुपरभाइजर इन्द्र मान सिं बस्नेतका अनुसार आयोजनाको लागि आवश्यक खानेपानीका संरचनाहरूमा कलेक्टर वेल ४ वटा; सम्प वेल २ वटा; भईटङ्की १६ वटा; ब्रेक प्रेसर टङ्की ६ वटा; पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर २ वटा; प्लेन सेडीमेनटेसन टङ्की २ वटा; Rapid स्याण्ड फिल्टर १ वटा‚ प्रसारणलाइन ९.१३ कि. मि.‚शाखा प्रसारणलाइन ३७.२३ कि. मि.‚ वितरण लाईन १८९.३कि. मि.‚प्रयोग भएका पाईप र फिटिङ्गहरु: पी.ई.‚ डि. आई. र जि. कार्यालय भवन १ वटा; गार्ड भवन १७ वटा; जेनरेटर भवन ५ वटा; फायरहाईड्रेन्ट २० वटा; इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू सरसफाइका संरचनाहरू: सार्वजनिक शौचालय १ वटा; संस्थागत शौचालय १ वटा; ट्रयाक्टर १ वटा रहने छन् । जसमध्ये निर्माण कार्य तिब्र गतिमा अगाडि बढ्दै अन्तिम चरणमा पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार