२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

गठबन्धनका उम्मेदवारलाई एमाले उम्मेदवारको घरमा स्वागत


३३०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक १३, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक /मंसिर ४ गते आउन २१ दिन मात्रै बाँकी रहेको छ । निर्वाचनको मिति नजिकदै गर्दा उम्मेदवारहरुको भेटघाट कार्यलाई तिव्रता दिएका छन् । विगत बर्षहरुमा उम्मेदवारहरुविच जम्काभेट हुँदा झडप हुने गरेकोमा यसवर्षको निर्वाचनमा सौहार्द ढंगबाट जनताको मन जित्ने अभियानमा जुटेका छन् काभ्रेका उम्मेदवारहरु ।

    काभ्रे क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट मतदाता भेटघाट कार्य हुँदै गर्दा एमालेका तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र लामाको घरमा पुग्दै गर्दा उम्मेदवार लामाको वुवा आमाले गठबन्धनका उम्मेदवारहरुलाई माला पहिहरदै आशिर्वाद दिएका छन् ।

    चुनावी कार्यक्रम अन्तर्गत नमोबुद्ध–८, दारिम्बोट, पिपलटार, वडा नं ९, गहते पुगेका गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार सुर्यमान दोङ (लालध्वज), प्रदेश सभा १ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार तिर्थ लामा, नेकपा (एकिकृत समाजवादी)बाट प्रतिनिधी सभा सदस्य पदका समानुपातिक उम्मेदवार रामदेवी तामाङ, नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेदवार सुन्तली थिङ लगायतका नेता कार्यकर्तालाई दारिम्बोटवासीले भव्य स्वागत गरेका हुन् । विभिन्न स्थानमा सगुन, फुलमालासहित स्थानीयले स्वागत गर्दै विजयीको शुभकामना व्यक्त गरेका थिए ।

    गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार सुर्यमान दोङ (लालध्वज), प्रदेश सभा १ (ख) का प्रत्यक्षतर्फका उम्मेदवार तिर्थ लामा एमालेबाट प्रदेश सभा सदस्य उम्मेदवार चन्द्र लामाको दारिम्बोटमा रहेको घरमा पुगेर उनका आमा, बुबासंग समेत आर्शिवाद लिएका थिए ।
    गठबन्धनका उम्मेदवारहरुले स्थानीयहरुले यहाँको बाटोको अवस्था सुधार नभएको भन्दै सुधारको पहल गरिदिन अनुरोध गरेका थिए । उम्मेदवारहरुले विकास सधै आफ्नो प्राथमिकता भएको भन्दै आफू निर्वाचित भएपछि पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार