२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

स्तरीय शिक्षाको लागि स्थापना भएको हो गुठी विद्यालय—राजवंसी


५२४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ८, सोमबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । नव प्रतिभा माध्यमिक विद्यालयको ३५ औं वाषिर्कोत्सव एवं एस.इ.इ सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

    पाँचखाल र आसपासको क्षेत्रमा आधुनिक गुणस्तरीय सेवाको लागि शैक्षिक गुठीको रुपमा आज भन्दा ३५ बर्स अगाडिबाट सञ्चालनमा आएको विद्यालयले गर्दा गरिब तथा विपन्न परिवारका बालबालिकाले समेत आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्न अवसर पाउँदै आएका छन् ।

    शिक्षाको गुणस्तरमा निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै पटक पटक जिल्ला टप गर्न सफल उक्त विद्यालयमा न्यून शुल्कमा बालबालिकाले अध्ययन गर्ने अवसर पाएका छन् । स्थानीय शिक्षा सेविहरुको पहलमा चन्दा संकलन गर्दै सञ्चालनको सुरुवाती भएको उक्त विद्यालयको सुविधा सम्पन्न भवनको लागि पाँचखाल क्षेत्रकै हितको लागि निरन्तर रुपमा अगाडि बढेको लव ग्रीन नेपालले निर्माण गरिदिएको थियो । त्यसैगरी सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको छाता संगठन पेट्सनको पहलमा २ करोडको लागतमा थप सुविधा सम्पन्न भवन निर्माण भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि सार्वजनिक शैक्षिक गुठि बिद्यालय संघ नेपाल पेट्सनका अध्यक्ष रुपक राजवंसिले विद्यालयलाई ५० हजारको शैक्षिक सामाग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो—सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल, मुलुक भर सार्वजनिक सार्वजनिक शैक्षिक गुठीद्वारा सन्चालित विद्यालयहरुको हकहित, संरक्षण र सम्बर्धन गरे राष्ट्रमा स्तरीय शिक्षा प्रदान गर्न स्थापना भएको पेशागत संगठन हो । यो संगठनले सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित विद्यालयहरुको समस्या र चुनौतिहरुमाथि गम्भीर रूपमा छलफल गर्दै नेपालको शिक्षा नीतिमा यसको भूमिका र सवालहरु उठाउंदै राष्ट्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध रहदै आएको छ ।

    नेपालमा राणा कालिन समय अर्थात जङ्गवहादुरले बेलायत भ्रमण पश्चात आफना भाइ भारदारका सन्तानलाई अंग्रेजी शिक्षा दिन दरबार स्कूल खोले देखि २००७ सालका राजनीतिक परिवर्तनसंगै जनतामा चेतना वृद्धि जनस्तरवाटै क्रमिक रूपमा निजी स्कूल खोल्न सुरु गरिए, २००८ सालमा सरकारले नयाँ शिक्षा लागू गरी निजी रुपमा संचालनमा रहेका सम्पूर्ण विद्यालयहरुलाई सरकारीकरण गर्ने निर्णय गर्यो । उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन हुन नपाउदै २०३६ सालमा पूर्व सरकारीकरण गरिएका विद्यालयका केही प्र.अ लाई पुनः बोलाई निजी स्कूलको रुपमै चलाउन सरकारले आह्वान गरियो । प्र.अ लगायतक शिक्षकको तलब सरकारले बेहोर्ने र संचालन खर्च आफै आम्दानी सृजित गरी विद्यालय संचालन गर्नु पर्ने सर्त गरियो । यसरी संचालन गरिने विद्यालय बोर्डिङ स्कूल कहलिए ।

    क्रमशः स्वदेशी तथा बिदेशी व्यक्ति, समूह, धार्मिक संघ संस्था आदि निजी स्कूल खोल्न आकर्षित बन्दै गए २०४६ सालको राजनीती परिवर्तन सगँ सयौं र हजारौको संख्यामा पुगे । २०५८ सालमा आएर सरकारले सरकारी अनुदानमा चल्ने स्कूललाई समुदायमा हस्तान्तरण गर्ने भन्दै सामुदायिक विद्यालय र निजी स्रोतका विद्यालयलाई निजी शब्द हटाई संस्थागत नामाकरण गर्यो । शैक्षिक व्यवसाय गरी मुनाफा कमाउने उद्देश्य राखी विद्यालय चलाउने हो भने राज्यलाई कर तिर कम्पनीमा जाऊ, यदि सार्वजनिक जग्गा जमिन, दान दतव्य लिई धार्मिक नामले वा निजी लगानी गरेता पनि मुनाफा नलिने उदेश्य राखी विद्यालय बनाउने हो भने शैक्षिक गुठीमा जाऊ । यसरी गुठी स्कूलको वर्तमान इतिहास लामो भएता पनि छोटो देखिन्छ ।

    हरेक कार्यमा व्यक्ति, समूह वा संस्थाका आ–आफनै स्वार्थ हुन्छन भनेभैm सरकारले संघ सस्था खोल्ने र संचालन गर्न सक्ने राष्ट्रिय नीति भएबमोजिम स्वेच्छिक तथा पछि बाध्यात्मक अवस्थाले कुनै व्यक्ति, समूह वा संस्थाले सरकारको नीति भित्रै रहेर भिन्दा भिन्दै स्वार्थले भिन्दा भिन्दै प्रकृतिका निजी विद्यालयहरु, नेपालमा राणाकालिन समय देखि वर्तमान अवस्था सम्म आई पुग्दा सम्मका सार्वजनिक शैक्षिक गुठी अन्तर्गत रहेका विद्यालयहरुका प्रकृति तपसिल अनुसार रहेको पाइन्छ .

    सायद आधुनिक रेकर्ड पद्धतिको अभावमा होला सम्बन्धित क्षे.शि.नि बाट सहि तथ्याङ्क पाउन सकिएन तथापी विभिन्न श्रोतवाट संकलन गर्दा देशभरमा करिव ५०० को संख्यामा यस्ता विद्यालयहरु रहेका आफ्नै जग्गा जमिन र भवन सहित खरबौको स्थीर पुँजी सृजना गरेका करिव २५०,००० विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका साथै लगभग १०,००० शिक्षक तथा कर्मचारीलाई रोजगारी प्रदान गरिरहेको छ ।

    सार्वजनि शैक्षिक गुठीक समस्याहरु

    १ .पहिचानको समस्या निजी हुन कि सरकारी ?
    २ .विद्यालयको भौतिक संरचना निर्माण साथै भौतिक संरचना परिवर्तन गर्न लगानीको समस्या ।
    ३. लगानीको लागि ऋणको समस्या ।
    ४. विद्यालयका लागि आवश्यक उपकरण, सवारीका साधन आदि खरिद गर्दा झन्जटिलो कानूनी अवस्था ।
    ५. सरकारवाट प्रदान गरिने सबै खालका छात्रवृत्तिमा सामुदायिक विद्यालयका विद्यार्थी सरह हुनु पर्नेमा विभेद भएको अवस्था ।
    ६. शिक्षक तथा कर्मचारीको तलव, उपदान र पेन्सन आदि सेवा सुविधामा समस्या बन्दै गएको अवस्था ।

    सार्वजनिक शैक्षिक गुठी अन्तर्गत रहेका विद्यालयहरु, सामुदायिक विद्यालय पछिको सरकारले (तलव भत्ता दिनु नपर्ने, तर विश्वास गरेर साथमा लिनु पर्ने, प्राथमिकताको आधारमा सहयोग र सहकार्य गर्नै पर्ने अर्को संस्थागत सामुदायिक विद्यालय हो । तसर्थ शिक्षा क्षेत्रमा राज्यले छुट्टयाएको बजेट र दातृनिकायहरुले बर्षेनी गर्ने गरेको सहयोग रकमको उपयोग सामूदायिक विद्यालयमा सन्तोष जनक नभएको अवस्थामा सार्वजनिक शैक्षिक गुठी अन्तरगतका विद्यालयहरुलाई विश्वासमा लिएर तिनै विद्यालयको मार्फत राज्यले थप शैक्षिक कार्यक्रम संचालन गर्न उचित रहन्छ ।

    यस्ता खाले विद्यालयहरुको सम्पति राज्यको भएको हुनाले अब स्थानीय सरकारले यीनको संरक्षण, भौतिक संरचना निर्माण, सुधार तथा विस्तारको लागि राज्यले आफै वा दातृ निकाय मार्फत आवश्यकताको आधारमा भूमिका खेल्नुपर्ने देखिन्छ ।

    सरकारले अनुदान नदिएका तर संकलित वा सृजित चल अचल सम्पत्ती सार्वजनिकै हुने भएकाले सरकारवाट प्रदान गरिने विद्यार्थी छात्रवृती लगायतका सुविधा, शिक्षकलाई तलव अनुदान बाहेकका अन्य तालिम लगायतका सवै खालका सेवा सुबिधा सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक सरह हुनुपर्ने देखिन्छ । शिक्षक तथा कर्मचारीको तलब, उपदान र पेन्सन आदि सेवा सुबिधामा जटिल समस्या बन्दै गएकोले यस सन्दर्भमा सरोकारवालासंग स्थानीय तथा राज्य पक्षको पहलमा छलफल चलाई निकास निकाल्नु पर्ने देखिन्छ । साथै यस्ता विद्यालयहरु स्थानीय सरकार तथा राज्यलाई आवश्यक छ भने देशको मौलिक शैक्षिक मोडेलका रुपमा संचालन गर्न गुठी विद्यालय अनुदान आयोग गठन हुनु पर्ने देखिन्छ ।

    कार्यक्रममा विशिष्ट अतिथि पाँचखाल नगरपालिका उपप्रमुख सुर्य मायाँ दनुवारले पाँचखालमा रहेको एक मात्र शैक्षिक गुठी विद्यालयलाई नमुना ढंगबाट सञ्चालन गर्नको लागि नगरपालिकाले कदम चालेको बताउनु भयो । सुविधा सम्पन्न भवनमा सुरक्षित तरिकाले गुणस्तरीय शिक्षा हासिल गर्दै अगाडि बढेका विद्यार्थीहरूको भविष्य निर्माणमा नगरको तफर्बाट भूमिका खेल्ने विषयमा पटक पटक छलफल भएको बताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुरज कुमार पराजुलीको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालयका सहायक प्रिन्सिपल सागर जंग दनुवारले स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल उद्धव थापा‚ लव ग्रीन नेपालका कार्यकारी अधिकृत नारायण प्रसाद ज्ञवाली‚  काभ्रे प्याब्सनका अध्यक्ष एवं बिशेष अतिथि श्याम बहादुर भुजेल ‚ गुठी संचालक समितिका अध्यक्ष इश्वरीराजकुमार मैनाली,आजाद माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिना लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    विद्यालयका शिक्षिका प्रेमकला सापकोटा (अधिकारी) ले सञ्चालन गरेको उक्त कार्यक्रममा ०७३ देखि ०७८ सम्म एस.इइ उतिर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । साथै एस इ इ परीक्षा २०७८ मा काभ्रे जिल्लाबाट सबैभन्दा बढी जि पि ए ३.९५ प्राप्त जिल्ला प्रथम भएका यसै विद्यालयका छात्र युकेश मैनालीलाई नगद सहित सम्मान , त्यसैगरी विद्यालयमा लामो समयसम्म अध्यापन गराउने शिक्षकहरू राधाकृष्ण भट्टराई‚ नवराज दनुवार‚ प्रेमकला सापकोटा र अनिता शर्मा तिमल्सिनालाई नगद सहित सम्मान गरिएको थियो ।

    विद्यालयमा पिउने पानीको लागि व्यवस्था गरिदिने पास्टर हनोक तमाङ र विद्यालयको भवन निर्माण लगायतको सहयोग गर्दै आउनु भएका लव ग्रीन नेपालका कार्यकारी अधिकृत नारायण प्रसाद ज्ञवालीलाई सम्मान गरिएको थियो । सो अवसरमा विद्यार्थीहरूले भरपूर्ण मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार