२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

सन्दर्भ बिश्व रेडक्रस दिवस मे , रेडक्रस अभियानमा नेपाल रेडक्रसको जन्म


४३४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ बैशाख २७, बिहिबार मा प्रकाशित ६ साल अघि
  • आइ.आर.के.मैनाली

    महामानव हेनरी डयुनाको जन्म १८२८ मे ८ का दिन स्वीजरल्याण्डको जेनेभामा भएको थियो । हेनरी डयुनाले १८५९मा उत्तर इटाली लोम्वार्दी प्रदेशको सल्फेरिनोमा भएको फ्रान्स र इटाली र अर्कोतिर अष्ट्रिया बीच भएको भीषण युद्धको चित्रण १८६२ नोभेम्वर महिनामा सल्फेरिनोको स्मृति नामक पुस्तक प्रकाशनले बिश्वमा परेको व्यापक प्रभावले गर्दा बिश्वकै जनमानसलाई सल्वलाई दियो । (Sured the coinscience the world) जसलाई साकार दिन स्वीजरल्याण्डलाई जेनेभा स्थित जनकल्याण समाज (Pubulce welfare society) को पहलमा बनेको डयुना समेतको पाँचजनाको समितिले १८६३ अक्टोवरमा जेनेभामा एउटा सम्मेलन गरयो जस्मा १६ देशको बिशेषज्ञहरुले भाग लिएका थिए त्यही सम्मेलन बाट युद्धमा घाइतेहरुको सेवाको लागि प्रत्येक देशमा घाइतेहरुको उपचार गर्ने समिति हुनुपर्छ भन्ने पारित गरयो अन्तत रेडक्रसको जन्म १८६३ मा भएको हो ।

    जाँ हेनरी डयुनाको आव्हानमा डयुना समेतको सहभागितामा ४ जना जनरल जिं एच डयुफो डा.लुई अपिया,डा. थियोडर र मनोयर ५ जना समितिको सक्रियतामा भएको सम्मेलनबाट जन्मेको यस संस्थाको सुरुको नाम (Internasional committee for the Relief of the wounded ) थियो । रेडक्रस अभियानको क्रममा यसको नाम सन १८७६ देखि (internatioal committee Of the red cross) भएको हो । राजनितिक धार्मिक जातिगत सैद्धान्तीक दृष्टिकोण बाट बिशुद्ध तटस्थ संस्था हो ।

    रेडक्रसको अन्तराष्ट्रिय समिति बिशुद्ध र तटस्थ(Neutral) संस्था भएकोले यस्को स्वरुपलाई निरन्तर जोगाई राख्न यस समितिमा केवल स्विजरल्याण्डका २५ जना सम्म स्विस नागरिकहरु मात्र रहने व्यवस्था गरिएको छ । यसको आफनै कार्य क्षेत्र छ बिशेष परिस्थति र साधारण परिस्थितिमा छुटाछुट्टै तरिकाले कार्य गरिन्छ । यसले शसस्त्र द्धन्द्ध, हिंसा र अन्य अन्तराष्ट्रिय रेडक्रस अभियानबाट संचालित अन्तराष्ट्रिय गतिविधिहरुको निर्देशन र समन्वय गर्दछ । साथै मानवीय कानुन र बिश्वव्यापी मानविय सिद्धान्त्तहरुको प्रवद्र्धन र मानविय पिडालाई रोक्ने प्रयत्न गर्दछ ।
    रेडक्रस अभियानमा बिभिन्न समयमा समितिहरुलाई मान्यता दिन र संरक्षण प्रदान गर्न अन्तराष्ट्रिय सम्मेलनको तर्जुमा भयो जस्ले गर्दा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु बिभिन्न देशमा गठन भयो यसरी १९१८ सम्म बिश्वमा ४२ वटा देशमा राष्ट्रिय सोसाइटीहरु गठन भएर सेवा कार्यमा संलग्न भइसकेको थिए ।

    बिश्वमा आधुनिक हातहतियारको उत्पादन तथा उपलव्धताले गर्दा १९१४ देखि १९१८ सम्मको प्रथम बिश्व युद्धमा सैनिक तथा सर्वसाधारण नागरिक लाखौ मारिए त्यस समयमा राष्ट्रिय एवंम अन्तराष्ट्रिय रेडक्रस संगठनहरुले ठुलो पिडाको सामना गर्नु प¥यो । युद्धले उत्पन्न गरेको बिभिन्न समस्या सामाधानको लागि संयुक्त राज्य अमेरिका,अष्टे«लिया क्यानाडाका बिद्यार्थी तथा युवाहरुले राष्ट्रिय रेडक्रस सोसाइटीहरुलाई स्वयम सेवक भई कपडा,खाना,र औषधि तयार गर्नेदेखि पिडितहरु लाई ठूलो सहयोग पु¥याएर रेडक्रस अभियानमा पु¥याएको अमुल्य योगदानलाई मूल्याङ्गन गरेर प्रथम बिश्व युद्ध पछि सन १९९२ मा रेडक्रसको अभिन्न अङ्गको रुपमा बिधिवत मान्यता दिने काम भयो । पछि स्क्यान्डिनेभियाली फैलीदै जुनियर -युवा रेडक्रस युरोप भरी पैmलियो बर्तमान अवस्थामा मानवीय सेवामा सर्व प्रथम अगाडि बढने संस्थाको रुपमा सवै महादेशहरुमा क्रियाशिल छन् ।

    प्रथम बिश्व युद्ध लगतै राष्ट्र राष्ट्रमा भएका राष्ट्रिय रेडक्रस सोसाइटी र बिभिन्न देशमा गठन साथै बिकास समन्वय बृद्धि,सम्पर्क माध्यमको रुपमा आधाभूत आवश्यकता जन स्वास्थ्यको बिकास पिडितहरुको उद्धार शरणार्थीहरुको उद्धार जुनीयर-युवा रेडक्रसको बिकास
    ,रेडक्रस सिद्धान्त्तको व्यापक प्रचार प्रसार निरन्तर अगाडी बढाउने उदेश्य लिई सन् १९१९को ५ मे मा League of Red cross societyes गठन भयो । सन १९९१ नोभेम्वर २७ देखि छोटकरीमा फेडरेशन भनियो। पछी गएर फेडरेशन नै रेडक्रस सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ बन्यो । यस रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघले बिभिन्न देशमा भएकोले प्राकृतिकजन्य मानवजन्य प्रकोप तथा महामारिहरुको लागि पूर्व तयारी सहयोग आदि राष्ट्रिय सोसाइटीहरुलाई उपलव्ध गराउन मद्धत गर्दछ ।

    मानव मात्रको सेवा गर्ने उदेश्यले बिभिन्न देशमा स्थापना भएका राष्ट्रिय सोसाइटीहरु अन्तराष्ट्रिय रेडक्रस अभियानका मूख्य कार्य क्षेत्र भएकोले रेडक्रसको सिद्धान्त्त तथा आदर्शको व्यापक प्रचार प्रशार परिचालनका साथै अन्तराष्ट्रिय निकायहरुको राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्दछ । प्रत्येक देशमा शान्ति वा अशान्ति कुनै प्रकारको परिस्थितिमा आफनो गतिविधिमा क्रियाशिल रहन्छन जस्तै दैवीप्रकोप,रोग बिरुद्ध जनस्वास्थ्यको बिकास जनचेतना,स्वास्थ्य शिक्षा उद्धार सेवा जुनियर युवालाई अगाडि बढाउने मानवीय कानुनको प्रचार प्रसार संकटाभिमूख समुदायको लागि कार्यक्रम संचालन त्यस्तै युद्धको घाईतेहरुको सेवा पु¥याउने युद्धबन्दीहरु लाई मानवीय सहायता पु¥याउने बिपदको समयमा सन्देश पु¥याउने लगायतका काममा राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु कुनैन कुनै रुपमा लागि रहेका हुन्छन । बिश्वमा हाल सम्म १९० देशमा राष्ट्रिय रेडक्रस तथा रेडक्रीसेन्ट सोसाइटी स्थापना भइसकेको छ । अन्तराष्ट्रिय रेडक्रसका संस्थापक जाँ हेनरी डयँनाको जन्म दिनलाई वहाँको सम्झना स्वरुप बिश्वभरी मे ८ तारीखका दिन बिश्व रेडक्रस दिवस मनाउने गरिएकोछ ।

    अभियानका तीन अङ्गहरु

    अन्तराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियान भन्नाले रेडक्रसको अन्तराष्ट्रिय समिति,बिश्वभरी छरिएर रहेका राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासंघको बिश्वव्यापी सन्जाललाई बुझाउदछ । यस संजालको लक्ष्य जुनसुकै समय र ठाउमा हुन सक्ने मानवीय पीडालाई हटाउनु र कम गर्नु हो ।

    (क) रेडक्रसको अन्तराष्ट्रिय समिति (आई .सी.आर.सी)

    रेडक्रसको अन्तराष्ट्रिय समिति -International Committee of the Red Cross) या  एउटा निष्पक्ष,तटस्थ र स्वतन्त्र संस्था हो । यसको एक मात्र मानवीय लक्ष्य युद्ध र आन्तरिक हिंसाबाट पीडितहरुको जीवन र मर्यादाको सुरक्षा गर्नु र उनीहरुलाई सहयोग उपलव्ध गराउनु हो । यसले संघर्षका परिस्थितिहरुमा गतिविधिहरुको निर्देशन र समन्वय गर्दछ । यसले मानवीय कानुन र बिश्वव्यापी मानवीय सिद्धान्तहरुको सम्वद्र्धन र तिनलाई सुदुढ पारेर पीडालाई रोक्ने प्रयत्न पनि गर्दछ । सन् १८६३ मा स्थापित रेडक्रसको अन्तराष्ट्रिय समिति बाट नै अन्तराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको प्रारम्भ भएको हो । यसको मुख्य कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ । संयुक्त राष्ट्रसंघको महासभामा यस समितिलाई पर्यवक्षकको हैसियत प्राप्त छ ।

    (ख) राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु

    राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु अन्तराष्ट्रिय रेडक्रस अभियानका महत्वपूर्ण अंगहरु हुन । राष्ट्रिय सोसाइटीहरुको स्थापना सन् १८६३ देखिनै भएको हो । यिनिहरुले आफनो देशभित्र आइपर्ने बिपद्उद्धार,स्वास्थ्य तथा सामाजिक सेवा र बिकासमूलक कार्यहरुमा सरकारको सहयोगीको रुपमा कार्य गर्दछन । राष्ट्रिय सोसाइटीहरुले युद्धको समयमा प्रभावित गैरसैनिक नागरिकहरुलाई सहयोग पु¥याउनका साथै सेनाको चिकित्सा टोलीलाई आवश्यकता अनुसार मद्धत गर्दछन् ।

    जेनेभा महासन्धिहरुमा हस्ताक्षर गरेको राष्ट्रमा मात्र राष्ट्रिय रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटी स्थापना हुन सक्दछ । १९० मुलुकहरुमा राष्ट्रिय सोसाइटीहरु स्थापना भएका छन् । नेपाल रेडक्रस सोसाइटी पनि तिनै मध्येको एक हो । सवै राष्ट्रिय सोसाइटीहरु आ–आफनो बिधान बमोजिम कार्यक्रमहरु संचालन गर्दछन ।

    (ग) रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ (फेडेरेशन)

    राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ ९ ( International Federation या the Red Cross and Red crescent societes) बिश्वको सवैभन्दा ठूलो स्वयसेवी मानवीय संगठन हो । यो १९० राष्ट्रिय सोसाइटीहरु मिलेर बनेको छ । बिश्वका १करोड ७० लाख स्वयंसेवक यसमा संलग्न छन् अन्तराष्ट्रिय महासंघ तथा यसका सदस्य बिपद् तथा रोगका असरहरुलाई कम गर्न क्रियाशील हुन्छन । सात आधाभूत सिद्धान्त्तहरुबाट महासंघका काम निर्देशित रहन्छन । महासंघको स्थापना १९१९ मे ५ मा फ्रान्सको राजधानी पेरिससमा भएको हो । यसको मुख्य कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ । बिश्वका सम्पूर्ण मानवलाई पर्न आउने पीडाको रोकथाम खास गरी बिपद् महामारी प्राकृतिक प्रकोप इत्यादिबाट पीडितहरुलाई सहयोग पु¥याउन अन्तराष्ट्रिय समन्वय गर्नु राष्ट्रिय सोसाइटीहरुको क्षमता अभिबृद्धि र बिकासमा सहयोग गर्नु महासंघको मुल उदेश्य हो । संयुक्त राष्ट्रसंघको महासभामा महासंघलाई पर्यवेक्षकको हैसियत प्राप्त छ ।

    नेपालको सन्दर्भमा अन्र्तराष्ट्रिय रेडक्रसको स्थापनाको ठीक १०० बर्ष पछि २०२० साल भाद्र १९ गते (४ सेप्टेम्वर १९६३ मा) स्थापना भएको हो । यो नेपाल रेडक्रसले आफनो ऐतिहासिक जिम्मेवारी पुरा गर्न पहल ग¥यो सोही अनुरुप २०२० माघ २४ गते श्री ५ को सरकारले जेनेभा महासन्धीमा हस्ताक्षर गरि बिधिवत अङ्ग बन्यो । नेपाल रेडक्रसको गठन र गतिविधिमा संग संगै बि.स २००१ श्रावण २५ गते काठमाण्डौ मेजिष्टेट कार्यालयमा दर्ता भयो । २०२१ आश्विन २१ अन्तराष्ट्रिय रेडक्रस समितिले नेपाल रेडक्रसलाई मान्यता दियो त्यस्को लगतै तत्कालीन लिगको सदस्यता लिन सफल भयो यसरी अन्तराष्ट्रिय रेडक्रसको अङ्गको रुपमा नेपाल रेडक्रस सोसाइटी स्थापित भयो । त्यसको ठीक २ बर्ष पछाडी २०२३ असोज ३० गते नेपाल रेडक्रस सोसाइटी काभे्रपलान्चोक जिल्ला शाखाको स्थापना भएको हो । शुरुका दिनहरुमा प्राथमिक उपचार बाढी ,पहिरो पिडितहरुलाई राहत उपलव्ध गराउने कार्यहरुमा शुरुवात नेपाल रेडक्रस सोसाइटी काभे्रपलान्चोक जिल्ला शाखाले मानवीय सेवाका अलावा बिकास चरणका बिभिन्न क्रियाकलापहरु अन्तर्गत स्वच्छ खानेपानी तथा सरसफाईका परीयोजनाहरु,बिद्यालय भवन निर्माण, सशस्त्र सर्घषका कारणले परीवारजनसँग बिछोड भएकाहरुलाई भेटघाट कार्यक्रम, सशस्त्र सघर्षका कारणले पीडित भएका परीवारहरुलाई जिविको पार्जन अन्र्तगत उनिहरुकै चाहना अनुरुपको पशुपालन,सिलाई मेसीन खरीद,बाख्रा पालनका लागि आर्थिक सहयोग उपलव्ध गराइएको छ । त्यसै गरी एम्वुलेन्स सेवा ,बिपद्का घट्नाले पिडित भएका परीवारहरुलाई राहत बितरण कार्यक्रमहरु संचालन ,रक्तसंचार सेवा केन्द्र(ब्लड बैक ) संचालन गरी सुरक्षित रगत सर्वसुलभ तरीकाले आवश्यक बिरामीहरुलाई उपलव्ध गराउदै आइरहेको छ।
    ०७२ बैशाख १२ गतेको बिनासकारी भुकम्पका कारणले यस जिल्ला पनि नराम्ररी प्रभावित भयो सयौ जनाले मुत्यूवरण प्राप्त गरे हजारौ घाईते भएको लाखौ घरहरु भत्किए । त्यो क्षण सम्झदा अहिले पनि जीउ सिरिङ्ग गर्छ ।

    सिङ्गो जिल्ला प्रभावित भएको क्षण राहत तथा उद्धारका गतिविधिहरु संचालन गर्ने अवस्था जटील थियो । हामी नआत्तीकन सवै रेडक्रसकर्मीहरु जम्मा भई योजना बनाई राहत तथा उद्धारका गतिविधिहरु संचालन गरेर पुरै जिल्ला भर त्रिपाल,कम्वल,भाडाकुडा सेट खाद्यान्न,लत्ताकपडाहरु बितरण गरियो । सोही अन्तर्गत काभे्रको अति प्रभावित गा.बि.स.हरु दोलालघाट,ज्याम्दी,खरेलथोक र सस्र्यूखर्क गा.बि.स.मा भूकम्प प्रतिकार्य कार्यक्रम संचालन गरीएको छ । जस अन्तर्गत स्वास्थ्य,खानेपानी तथा सरसफाई,आवास, जीविकोपार्जन र संस्थागत बिकासका गतिविधिहरु संचालन भइरहेकोछ । भुूम्पका कारणले जिल्लाका ग्रामिण भेगमा रहेका धेरै स्वास्थ्यचौकी भत्केका थिए जस मध्ये नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपाल रेडक्रस सोसाइटीलाई १२ वटा स्वास्थ्य चौकी निर्माणका लागि जिम्मेवारी दिएको थियो । १२ वटा स्वास्थ्य चौकी निर्माणका लागि पाएको जिम्मेवारी अन्तर्गत कोरीयन रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयममा ४ वटा निर्माण सम्पन्न गरी स्थानिय सरकारलाई हस्तान्तरण समेत गरी सकेकाछौ । बाकी ८ वटा निर्माणको अन्तीम चरणमा रहेको छ ।

    नेपाल रेडक्रस सोसाइटी काभे्र शाखा अन्तर्गत २९ वटा उपशाखाहरु १ सहयोग समिति क्रियाशिल छन् आजीवन सदस्य ४३८१ यशस्कर सदस्य ४ जना बिशिष्ट सदस्य ९ जना रहेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार