२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

नेपाली चेलीलाई जापान सरकारबाट सम्मान


१२०३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १८, सोमबार मा प्रकाशित १२ महिना अघि
  • काठमाडौं । लामो समयदेखि सामाजिक क्षेत्रमा समय बिताउनु भएको लव ग्रीन नेपाल नामक संस्थाको अध्यक्ष अमिरा दलीलाई जापान सरकारको तफर्बाट सम्मान गरेको छ ।

    जापान सरकारले सन् २०२३ को “वसन्त इम्पेरियल डेकोरेसन” नामक पुरस्कारबाट गरिएको हो । सम्मानको लागि घोषणा भएको नामावलीमा नेपाली चेली  अमिरा दली को नाम उल्लेख भएको नेपाल स्थित जापानी राजदूतावास द्वारा प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    नेपाल ए.ओ.टी.एस. इलु म्नाई सोसाइटीकी अध्यक्ष समेत रही लामो समय सम्म दुवै देशको हितमा सक्रिय हुनु भएको अमिरा दलीलाई जापान सरकारले सन् २०२३ को “वसन्त इम्पोरियल डेकोरेसन” प्रदान गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । उहाँ    (अर्डर अफ जापान द अर्डर अफ दि राइजिङ सन्‚ गोल्ड एन्ड सिल्भर रे) बाट सम्मानित हुनुहुनेछ । जापान सरकारले यो सम्मान राजनीति र कूटनीति‚ अनुसन्धान र शिक्षा‚ चिकित्सा र समाज कल्याण‚ अर्थतन्त्र र उद्योग तथा संस्कृति र खेलकुद क्षेत्रमा जापान र अन्य देशहरूबीचको सम्बन्धमा उल्लेखनीय योगदान पुर्याउने  विदेशी नागरिकहरू लाई प्रदान गर्दै आएको छ ।

    अध्यक्ष दली २०१३ मा नेपाल स्थित जापानी राजदूत द्वारा (Ambassador’s commendation _ सम्मानित साथै सन् २०१६ मा जापानी पराराष्ट्र मन्त्रीद्वारा (Foreign Minister’s commendation)  सम्मानित हुनु भएको थियो ।

    नेपाल ए.ओ.टी.एस‚ एलु म्नाइ सोसाइटी र गैरसरकारी संस्था लव ग्रीन नेपालको अध्यक्षको जिम्मेवारी सम्हालि रहंदा जापान र नेपालबीच मैत्रीपूर्ण सम्बन्ध र आपसी समझदारीलाई मजबुत पार्दै आर्थिक‚ व्यावसायिक र सामाजिक विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएकोमा उहाँलाई सम्मान गरिएको जानकारी प्राप्त भएको छ । उहाँसँग जापानद्वारा नेपालमा गरिने सामाजिक‚ आर्थिक सहयोग तथा मानवस्रोत विकासमा सहजिकरण गर्ने लामो अनुभव रहेको  छ ।

    जापानमा जापानी भाषाको अध्ययन तथा स्नातकोत्तर शिक्षा पुर्ण गरेपछि नेपाल फर्केर आफ्नै देशमा काम गर्नुपर्छ भन्ने धारणाले उहाँले नेपालमा जापानी व्यावसायिक कम्पनीको कार्यालय स्थापना गरी काम सुरु गर्नु भएको थियो । तत्पश्चात्  नेपालका लागि कयौं शैक्षिक तथा अन्य परियोजनाहरूको डिजाइन र कार्यान्वयन गर्नु भयो। यस बाहेक उहाँले सामाजिक क्षेत्रमा विभिन्न कारणले पिछडिएका छात्राहरूलाई सहयोग गर्न र हरियाली विस्तार अभियान सञ्चालन गर्न आफ्नै पहलमा सन् १९९१ म्ाा गैरसरकारी संस्था लव ग्रीन नेपालको स्थापना गर्नु भएको थियो ।

    त्यसैगरी नेपाल बायोटेक नर्सरी प्रा.लि.स्थापना गरि प्रबन्ध निर्देशक रहनु भएकी उहाँले विगत ३५ वर्ष देखि टिस्यू कल्चर प्रविधि माफर्त् हाइब्रिड केरा लगायतका विभिन्न किसिमका बेर्ना उत्पादन गर्दै कृषि क्षेत्रमा पनि योगदान गर्दै आउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार