२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

सवारी दुर्घटनामा काभ्रेलीको मृत्यु


२१२६९ पाठक संख्या
  • २०८० जेष्ठ २४, बुधबार मा प्रकाशित १0 महिना अघि
  • काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९, पालुघाटटारका एक बृद्धको गाडी ठक्करबाट मृत्यु भएको छ । मंगलबार राती बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा पैदलयात्री तेमाल गाउँपालिका वडा नं. ९ का छेवाङ तामाङको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले मंगलबार राती सडक छेउमा हिँडिरहेका तामाङलाई ठक्कर दिएको थियो ।

    गाडीको ठक्करबाट सख्त घाइते तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार