२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

विपद व्यवस्थापनको लागि तयारी गर


१०५५७ पाठक संख्या
  • २०८० अषाढ ७, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • नेपालमा मनसुन भित्रिएको एक साता बितेको छैन । मनसुनको सुरुवातीको अवस्थामा मुलुकभरमा १० जनाको मृत्यु २६ जना बेपत्ता साथै ५४ घरमा पूर्ण क्षति पुगेको छ । विगत वर्षहरूमा भएको घटनाहरूलाई नियाल्दा मुलुकमा ठुलो धनजनको क्षति भएको थियो । यसरी क्षति हुनुमा विपद व्यवस्थापनमा पुर्व तयारी नहुनु हो । स्थानीय तहहरूले बजेट बनाउने समयमा विपद व्यवस्थापनको लागि बजेट निर्माण गर्न जरुरी छ ।

    बजेट निर्माण गर्दा विपदमा परेकालाई सहयोग गर्ने उद्देश्य भन्दा पनि विपदको बाटो छेक्ने ढङ्गको नीति निर्माण गर्नु बुद्धिमानी ठहरिन्छ । स्थानीय तहमा भएका कमजोर अवस्थाको घरहरू साथै पहिरोको जोखिम क्षेत्रमा बसोवास गर्नेहरूको अभिलेख तयार गर्न उत्तिकै जरुरी रहन्छ । खोलाको छेउछाउमा भएका बसोवास लाई हटाएर अन्यत्र व्यवस्थापन गर्ने साथै स्थानीय तहमा रहेका सडकहरूको अवस्थाको पहिचान गरी सडकको माथिल्लो भागबाट पहिरो आउने तथा सडक भासिने सम्भावना रहेका स्थानको पहिचान गरी सतर्कता अपनाउन जरुरी रहन्छ ।

    स्थानीय तहले बजेट निर्माण गर्दा विकास निर्माणलाई जति प्राथमिकता दिइन्छ त्यतिनै मात्रामा विपद व्यवस्थापनलाई दिदै जाने हो भने मुलुकमा विपदको सामना गर्नु पर्ने अवस्था घट्दै जाने सुनिश्चित रहन्छ । राजमार्गहरूमा सडक स्तर उन्नतिको लागि मोड कटिङ्गहरु हुने गरिएका छन् । त्यस्ता स्थानहरू थप जोखिमको संकेत हो । त्यसैगरी खानी तथा उद्योग धन्दा सञ्चालनको नाउँमा खनिएको पहाडहरू जोखिमको थप माध्यम हो । आवास निर्माण तथा व्यवसायिक ढंगबाट जग्गा खरिद बिक्रीको लागि गर्ने गरेको प्लानिङ्गको माटो बगाएर हुने अवरोधले समेत विपद निम्त्याउन सक्ने भएकोले सचेत अपनाउन जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार