२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

नीति तथा कार्यक्रममा उल्लेखित बुँदाहरू पालना गर


८५८१ पाठक संख्या
  • २०८० अषाढ १५, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • स्थानीय तहहरूमा २०८०/ ०८१ को लागि बजेट ‚ नीति तथा कार्यक्रममा जारी भएको छ । थोरै स्थानीय तहमा केही समस्याका कारण अल्झिएमा अधिकांश पालिकाहरूमा सौहार्द ढंगबाट गड्गडाहट तालीको साथमा बजेट जारी भएको छ । विगत बर्बरहरुलाई नियाल्दा बजेट तथा नीति कार्यक्रममा उल्लेख भएको विषयहरू धेरै स्थानीय तहमा छायाँमा परेका छन् । कतिपय स्थानीय तहमा बजेट‚ नीति तथा कार्यक्रम प्रस्तुतिकरणमा उल्लेख भएका विषयहरू योजना तथा कार्यक्रमको बजेट रकम सहितको विस्तृतीकरणमा समेटिएको हुँदैन त कतिपय स्थानीय तहमा समेटिएता पनि व्यवहारमा लागू भएको पाइन्न ।

    स्थानीय तहको सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम सरसर्ती हेर्दा निकै चाखलाग्दो साथै अति आवश्यक चौतर्फी ढङ्गको सोचका साथमा समेटिएको जस्तो देखिन्छ जसको कारण वाह वाहको अवस्था सृजना भएको हुन्छ । गहिरिएर अध्ययन गर्दा विगत वर्षहरूको वा अन्यत्र पालिकाहरूको कपी गरेर प्रस्तुत भएको हुन्छ । कतिपय बुँदाहरू विगत लामो समयदेखि उल्लेख गर्दै आएको तर व्यवहारमा नउतारिएको पाइन्छ । जुन बुँदाहरू स्थानीय तहमा लागू गर्न सकिन्न भने त्यस्ता नीति तथा कार्यक्रममा वार–वार वा केही वर्ष बिराउँदै समावेश गर्दै जानु उचित नरहला ।

    यदि स्थानीय तह राम्रोसँग सफल हुने साथै बिभिन्न तहबाट गरिने मूल्याङ्कनमा समेत अव्बल हुने हो भने सभामा प्रस्तुत भएका नीतिहरू अक्षरशः व्यवहारमा उतार्न जरुरी रहन्छ । स्थानीय तहका प्रमुख जस्तो लब्ध प्रतिष्ठित व्यक्तिले जारी गरेको नीति तथा कार्यक्रम ओझेलमा पर्नु भनेको सकारात्मक सन्देश रहन्न । पालिका प्रमुख तथा सम्पूर्ण जनप्रतिनिधिहरू र कर्मचारीहरूको शिर उच्च राख्दै अगाडि बढ्ने हो भने सभामा पारित भएका शब्द शब्दलाई व्यवहारमा उतार्दै जान जरुरी रहन्छ । बजेट बनाउँदा सभामा जारी भएका नीति तथा कार्यक्रममा उल्लेख भएका बुँदाहरूलाई मध्यनजर राख्दै बजेट व्यवस्था गर्ने साथै अक्षरशः लागू गर्न सके नीति तथा कार्यक्रमको औचित्य पुष्टि हुन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार