२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

सामाजिक सेवामा सहभागी बन


९१२७ पाठक संख्या
  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • पछिल्लो समयमा मानिसहरुले सामाजिक क्षेत्रमा काम गर्न रुचाउन छाडेका छन् । अघिल्ला पुस्ताहरुले सामाजिक क्षेत्रमा गरेका उदाहरणिय कार्यलाई पछिल्लो पुस्ताले पुर्णविराम लगाएका छन् । समाजको हितको लागि काम गर्ने बिषयमा कसैले समय दिदैनन् यस्तो हुनुले मानिसहरुको समाजप्रतिको स्नेह खस्कंदै गएको छ । पछिल्लो समयमा आएर समाजमा रहेका सामान्य कामको लागि समेत स्थानीय तहको आस राख्ने चलको विकासले गर्दा समाज जटिलता तर्फ धकेलिन थालेको छ । विगत तीन दशक अगाडि सम्म स्थानियको सहभागितामा वर्षमा दुई ÷तीन पटक निस्वार्थ ढंगबाट अभियानको रुपमा सामाजिक कार्यमा जुट्ने गरेको इतिहासले प्रष्ट हुन्छ । गोरेटो , घोरेटो बाटोहरू , पुल पुलेसा , सिन्चाइ कुलो , पिउने पानिको मुहान , मठमन्दिर , पानीघाट , धारा पँधेरा , विद्यालय लगायत स्थानीय कार्यमा जुट्ने गरेको पाईन्थ्यो ।

    जव चाडवाडहरु नजिकदै जादाँ आवत जावतमा कुनै समस्या नरहोस भन्ने उद्देश्यले टोलवासिहरुकोे सहभागितामा ढोल वजाउँदै सडकहरुको मर्मत सम्भार निकै रोचक देखिन्थ्यो । पछिल्लो समय राजनीतिक परिवर्तनको क्रमसँगै सामाजिक कार्यहरू ओझेलमा पर्न थाल्यो , विगतमा स्थानीयले बाजा गाजाका साथमा ढोल पिटेर स्रमदान गर्दै सामाजिक हितको कार्यमा जुट्थे तर हाल आएर स्थानीय तहबाट बजेट विनियोजन गराएर सो बजेटमा चुहावट गर्दै अगाडि बढ्नेको संख्या बढ्दो छ । उपभोक्ता समिति वास्तवमै जुन विकास निर्माणको कार्यको लागि बजेट विनियोजन गरियो सो विकासबाट प्रत्यक्ष सेवा लिने मध्यबाट आयोजना गरिएको भेलाबाट निष्पक्ष व्यक्तिको छनोट हुनु पर्ने हो । तर राजनीतिक शक्तिको आडमा कागजी भेलाको आधारमा उपभोक्ताहरूलाई जानकारी विना समिति निर्माणको अभियानले विनियोजित बजेट चुहावट साथै गुणस्तर हिन विकास निर्माण हुनेगरेको छ ।

    सामाजिक विकृतिका कारण समाजको सामान्य काममा समेत स्थानीय तहको बजेट ताक्ने र सोही बजेट दुरुपयोग गर्ने हालको परम्परालाई चुनौति दिदै आफ्नो काम आफैले गर्नु पर्छ भन्ने बिषयमा जनचेतना प्रदान गर्न आवस्यक रहन्छ । पछिल्लो समयमा युवाहरूले गाउँ बस्ने कार्यमा रुचि राख्न छाडेपछि समाजमा सानो भन्दा सानो सामाजिक कार्य गर्ने बिषयमा समस्या आउनु स्वभाविकै हो । समाजमा रहेका विभिन्न जाती , भिन्न भिन्न धर्म , फर फरक बिचार , फरक फरक संस्कृति , भिन्न भिन्न बर्गहरु बिचमा भाईचाराको सम्बन्ध कायम राख्दै सवै प्रकारको कार्यमा सहभागि रहंदै नेपाल र नेपालीको पहिचान कायम राख्दै आएको थियो । पछिल्लो समयमा आर्थिक स्वार्थका कारण सामाजिक कार्यमा जुट्ने क्रम घट्दै जानुले वास्तवमा नेपालीको पहिचान खस्कंदै जानु हो । आफ्नो पहिचानलाई कायम राख्दै नेपालीहरुको शिर उच्च राख्नको लागि सामाजिक कार्यमा निस्वार्थ ढंगबाट अगाडि बढ्ने पुर्खाहरुले देखाएको मार्गलाई पहिल्याई रहन जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार