२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पाँचखालमा गुटगत व्यवहार छैन, कांग्रेस जनप्रतीनिधिहरुको कार्यले गर्दा साथ पाएका हौं


४३७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • नेपाली कांग्रेस पाँचखाल नगर कार्यसमितिको जिम्मेवारी सम्हाल्दै आउने क्रममा विगत देखिनै कम्युनिष्टको गड भनेर चिनिदै आएको पाँचखालमा नेपाली कांगे्रसले स्थानिय तहमा विजय हासिल गरेको छ । नयाँ संरचना अनुसारको स्थानिय तहको पहिलो निर्वाचनमा मेयर र उपमेयरले झिनो मतले विजय साथै नगरमा रहेको १३ वडा मध्य ६ वडामा मात्रै विजय हासिल गरेका छौं । आगामी निर्वाचनमा अत्याधिक मतान्तरका साथमा मेयर उपमेयर सहित नगरमा रहेको १३ वडा मध्य कम्तिमा १० वडामा कांगे्रसको विजय सुनिश्चित छ ।

    गणेश प्रसाद अधिकारी
    पाँचखाल नगर सभापति (नेपाली कांग्रेस)

    साबिक पाँचखाल गा.बि.स वडा नं ४ हालको पाँचखाल नगरपालिका वडा नं ३ को रमणीय स्थल लामडिहीेमा पिता नन्दप्रसाद अधिकारी (सादुराम) तथा माता रेवती देवी अधिकारीको कोखबाट २०२१ साल माघ १० गते जन्मनु भएका गणेश प्रसाद अधिकारी समाजसेवामा हुरुक्कै हुने स्वभावको हुनुहुन्छ । नेपाली कांग्रेस पाँचखाल नगर कार्यसमिति सभापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका अधिकारी निडर, हक्कि, प्रष्टबक्ता (देखेको भनिहाल्ने) को रुपमा चिनिनु हुन्छ ।
    लोलोपोतो, चाकडी साथै चाप्लुसी व्यवहार जान्दै नजान्ने स्वभावका अधिकारी शैक्षिक अध्ययनलाई निरन्तर रुपमा अगाडी बढाउदै गर्दा नेपाली कांग्रेसका पाँचखालका हस्तिका रुपमा परिचित टंक प्रसाद शास्त्रि, शिव हुमागाई,लक्ष्मि प्रसाद अधिकारी र रत्नप्रसाद लामिछानेको राजनीति प्रभावबाट उहाँहरुलाई राजनीतिक गुरु मान्दै उहांहरुले देखाएको मार्गमा २०४२ सालबाट अगाडी बढ्दै जाने क्रममा २०४७ सालमा पार्टीको सदस्यता हासिल गर्न सफल हुनुभएको थियो ।
    ०५८ । ६। २८ गते तरुणदल जिल्ला सदस्य, ०५५।९।२९ मा जिल्ला खेलकुद समिति काभ्रे संयोजक, २०५७ मा पार्टीको क्रियाशिल सदस्य, २०५७। १२।२७ मा पार्टी जिल्ला सदस्य, २०५८।८।५ मा पार्टीको १० औं महांधिवेशन प्रतिनिधि (निर्वाचित), २०६७ । ४।९ मा पाँचखाल गाउं सभापति (निर्विरोध) २०७१ । १० । २७ मा मण्डन उपत्यका सामाजिक उत्थान समाज पाँचखाल अध्यक्ष, २०७२ । ४। ११ मा स्थानिय शान्ति समिति पाँचखाल संयोजक, २०७२ । १०।१६ मा पाँचखाल नगर कार्यसमिति (निर्वाचित) सभापति र पार्टी समायोजन पश्चात पाँचखाल नगर कार्यसमिति (निर्विरोध) सभापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएका अधिकारीसंग नेपाली कांगे्रसको महाधिवेशनलाई केन्द्रित गर्दै ईश्वरी राजकुमार (आइ.आर.कें) मैनाली ले गरेको कुराकनी अंश‘..।

    तपाई नेपाली कांग्रेस पाँचखाल नगर कार्यसमिति सभापतिको नाताले भन्नु पर्दा पार्टीको महाधिवेशन नजिकदै गर्दाको अवस्थामा पाँचखाल नगरमा नेपाली कांग्रेस पार्टीको अवस्था कस्तो रहेको छ ?

    पाँचखालमा विगतको अवस्था भन्दा हालको अवस्थामा नेपाली कांग्रेस पार्टीको अवस्था मजवुत रहेको छ । ०४९ सालको गा.वि.सको निर्वाचनमा ४७ सिट मध्य नेपाली कांगे्रसले तीन सिटमा चित्त बुझाउनु परेको थियो, अध्यक्ष उपाध्यक्ष सहित ४४ सिट जनमोर्चा र एमालेले जितेका थिए । त्यसैगरी ०५४ सालमा भएको गा.बि.सको निर्वाचनमा ४७ सिटमा १ सिट पनि कांग्रेसले जित्न नसकेको अवस्था थियो । तर हालको अवस्था धेरै राम्रो छ, पाँचखालमा नेपाली कांगे्रसको ।

    म पाँचखाल गाउं समितिको सभापति हुंदा अचुत पौडेलजि, सुन्दरमणिजि लगाएतका साथीहरुको सहकार्यमा हामीले संगठनलाई मजवुत पार्ने काम गरेउ । नेपाली कांगे्रस कस्तो पार्टी हो ? यो पार्टीले देश र जनताको लागि कस्तो कार्य गर्छ ? भन्ने बिषयमा पाँचखाल वासिलाई जानकारी गराउने कार्य गरेउ, जसको कारण पाँचखालका युवाहरु नेपाली कांगे्रसमा प्रवेश गर्ने क्रम बढ्दै गयो । म गाउंसमितिको सभापति भएपछि हाल सम्म निरन्तर रुपमा सभापति हुदै आएको छु , यो समयमा पाँचखालका सम्पुर्ण नेपाली कांग्रेससंग हातेमालो गर्दै क्रियासिल साथिहरुलाई वटुल्दै एक अंगालो भएर बाँधिएर अगाडी बढेकोले पाँचखालमा मेयर उप—मेयर लगायत ६ वटा वडामा जित हासिल गर्न सफल भएका छौं ।
    आगामी निर्वाचनमा पाँचखाल नगरमा मेयर उप—मेयर समेत कम्तिमा पनि १० वटा वडामा नेपाली कांग्रेसले जित हासिल गर्छौं भन्ने आत्म विश्वास छ । अरु पार्टी फुटेकोले जित्ने हैन, हाम्रो संगठन मजवुत भएकोले जित सुनिश्चत हो । अरु पार्टी फुटले हामी खुसि छैनौ, प्रतिपक्षमा फुट भन्दा जुटेको राम्रो हो । नेपाली कांगे्रस पार्टी प्रतिपक्षको फुटको फाईदा लिन खोज्दैन, हामी आफ्नो पार्टीलाई मजवुत पारेर अगाडी बढ्ने हो ।

    आगामी स्थानिय तहको निर्वाचनमा पाँचखाल नगरमा नेपाली कांग्रेसले मेयर उप—मेयर लगायतको १० वटा वडाहरु जित्ने आधार के छ ?

    आगामी निर्वाचनमा पाँचखालमा मेयर,उप—मेयर लगायत कम्तिमा १० वटा वडा जित्नुको आधार भनेको गत स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले जारी गरेको घोषण पत्र अक्षरस पालना भएको छ । जुन समयमा जारी घोषणा पत्रमा भनिएको थियो—प्रत्तेक वडामा कालोपत्रे लगाएतका बिषय पुर्ण भएको छ । पाँचखाल वासिले महेश खरेल नेतृत्वको स्थानिय सरकार भन्दा अगाडीको सरकारले गरेका कामकामे पनि मुल्यांकन गरेका छन् ।
    पहिला रुद्रवहादुर वानियाँको नेतृत्वमा स्थानिय सरकार रहेको थियो सो समय र हाल महेश खरेल लक्ष्मी दनुवरको नेतृत्वको सरकारमा के कती काम भएको छ भन्ने बिषयमा पाँचखाल वासिले राम्रोसंग मुल्यांकन गरेका छन् सोही कारणले अव आगामी निर्वाचनमा मेयर उप—मेयर सहित १० वडामा ढुक्कसंग जितिन्छ । स्थानिय तहको निर्वाचनमा जारी भएको घोषणपत्र अनुसार एउटा बाहेक सवै काम भएको छ । बाँकी एउटा काम भनेको खोलामा ड्याम बनाउने भन्ने त्यो पनि पुरा गर्ने चरणमा छौं । पाँचखालमा पानीको धेरै समस्या थियो अवका दिनमा पानीको समस्या हुदैन, सडकहरुको समस्या भएको ठाउमा सडक खोल्ने काम भएको छ, विगतमा कच्ची सडक भएका ठाउंहरुमा कालो पत्रे गर्ने कार्य भएको छ । पाँचखालका मेयर र उप—मेयरले आम जनतामा देखाउनु भएको सदासयदाले नगरवासीहरु नगरको विकासको लागि ढुक्क भएको पाएको छु ।

    पाँचखालमा क्रियाशिल सदस्यको अवस्था कस्तो रहेको छ ?

    क्रियाशिल सदस्यको कुरा अन्तजस्तो विवाद पाँचखालमा छैन । केही साथीहरुको इन्ट्रि गर्दा हल्का गल्ति हुंदा हल्का सामान्य विवाद भएको हो । सो विवाद करिव टुंगिई सकेको छ , यस भन्दा अगाडी ९७२ जना क्रियाशिल सदस्यहरु हुनुहुन्थ्यो । हाल पाँचखालमा क्रियासिल सदस्य १ हजार ८ सय रहनु भएको छ ।

    नेपालि कांग्रेससको अधिवेसनमा तपाईको पनि उम्मेदवारी हुन्छ की ? हुन्छ भने कुन पदमा उम्मेदवारी हिनुहुन्छ ?

    वास्तबमा अलि जटिल प्रस्न सोध्नु भयो , तर पनि ठिकै छ, पाँचखालमा नेपाली कांग्रेसको अवस्था अत्यन्त कमजोर हुंदादेखि संगठन निर्माणमा निरन्तर रुपमा अगाडी बढे । हाल सम्म आउदा संगठनको अवस्था मजवुत हुदै आएको छ , तर मलाई अझै सन्तोष लागेको छैन । संगठनलाई हालको अवस्था भन्दा अझ उचाईमा पुर्याउन मन छ , जसको लागि मैले पुन एक पटक पाँचखाल नगर कार्यसमितिको सभापतिमा उम्मेदवारी दिन्छु । वास्तवमा मेरो सपना भनेको पाँचखाललाई कांगे्रसमय बनाउने हो, सो सपना पुरा गर्नको लागि मैले पुन सभापतिको उम्मेदवारी दिन्छु ।
    म वि.पि सिन्दान्तको आधारमा अगाडी बढेको छु , म कुनै गुट उपगुट जान्दिन मैले सके सम्म पाँचखाल नगरमा गुट उपगुट हुन दिएको पनि छैन र हुदानि हुदैन भन्ने बिषयमा म एक सय प्रतिशत ढुक्क छु ।

    मैले क्षेत्रका साथिहरु जिल्लाका साथिहरुसंग यसै बिषयलाई उठान गरेको छु । म सञ्चार माध्यमद्वारा पनि भन्न चाहन्छु म गुटगत राजनीतिमा नभै म नेपाली कांग्रेस चिन्दछु, व्यक्ति चिन्दिन म हाल सम्म कांगे्रसकै पछि निरन्तर रुपमा हिडे, व्यक्तिको पछि हिडिन म संगठन कसरी राम्रो हुन्छ र कसरी वलियो वनाउन सकिन्छ भन्ने मेरो उद्देश्य हो । अधिवेसनको समयमा कुनै एक पक्ष लाग्नु स्वभाविकै हो, गत निर्वाचनमा मसंग प्रतिस्पर्धिको रुपमा वद्री जि रहनु भएको थियो । मैले वद्री जि लाई उहाँले नचाहदा नचाहंदै पनि मैले अनुरोध गर्दै संगठन विभाग प्रमुखको जिम्मेवारी दिएका छौं । पाँचखालमा गुट उपगुट भएको भए स्थानिय निर्वाचनमा हाम्रो जित हुने थिएन । स्थानिय तहको निर्वाचनमा सुन्दरमणि आचार्य, कुमर लामिछाने,अर्जुन सापकोटा, सावित्रि लामिछाने, अप्सरा ढुंगाना, पाँचखालका १३ वटै वडाका वडा सभापतिहरु लगाएत हामी सवै मिलेर अगाडी बढेर यहाँसम्म पुर्याएका छौं । महाधिवेसनमा मैले सभापतिको उम्मेदवारी दिदा सायद साथीहरुले निर्विरोधनै छोडदिनु होला,यदि त्यस्तो नभएमा पनि म अत्याधिक धेरै सपोर्ट पाउछु भन्ने बिस्वास लिएको छु ।

    पाँचखालमा रहेका कांग्रेसभित्र आन्तरिक विवाद धेरै छ भन्ने सुन्नमा आएको छ, तपाई विवाद छैन भन्नु हुन्छ वस्तविक केहो ?

    मैले अघिनै भने पाँचखाल कांग्रेसमा त्यस्तो कुनै गुट छैन, संगठनको बिषयमा दृढ नभएको साथै संगठनमा निरन्तर नलागेका एदाकदा कसैले भनेका होलान तर त्यसमा सत्यता छैन । जो संगठनको लागि धेरै योगदान दिएको हुन्छ पार्टीको वास्तविक चुरो कुरो उसलाई थाहा हुन्छ । जो पार्टीको लागि हिडैकै हुदैन साथै विपक्षहरुले गित गाएको भरमा गुट उपगुट हुदैन, पाँचखाल कांग्रेस एक ढिक्का छौं भन्ने मलाई आत्मा विस्वास छ ।

    तपाई स्थानिय तहमा अत्याधिक वहुमतका साथ निर्वाचन परिणाम आउछ भन्नु हुन्छ , तर कांगे्रस भित्र अन्तरघात धेरै छ भन्ने सुनिन आएको छ, कतै सो अन्तरघातले गर्दा परिणाम उल्टीने त हैन ?

    यो भन्दा अगाडीका बिभिन्न निर्वाचनमा पनि अन्तरघात हुन्छ भनेर हल्ला नमच्चाएको हैन । म पाँचखालको सभापतिको नाताले भन्नुपर्दा अन्तरघात कांग्रेसमा पछिल्ला दिनमा हुंदैन । त्यसको प्रमाण नै महेश खरेल लगाएतको विजय हो, अन्तरघात हुने हो भने महेश खरेलले चुनाव जित्नु हुन्न थियो । हामीले निर्वाचनको समयमा पुर्व क्षेत्रिय सभापति शुन्दर जि र हालको क्षेत्रिय सभापति महेश खरेलजी नारिएर एकैठाउंमा एउटै उद्देश्यका साथ अगाडी वढ्दा सफल भएको हो । आगामी दिनहरुमा हुने निर्वाचनहरुमा पनि सोही तरिकाले अगाडी बढ्नेमा कुनै शंका रहन्न । म पाँचखालको सभापतिको नाताले सवै लाई मिलाएर लानसक्छु मसंग आत्माबल छ अन्तरघात हुने सम्भावना सुन्य हो ।

    पाँचखालमा नेपाली कांग्रेसको संगठन एक्काशि विस्तार हुनुको प्रमुख कारण के हो ?

    पहिलो कारण त नेपाली जनताले कम्युनिष्ट र कांगे्रसको व्यवहार के कस्तो भन्ने राम्रोसंग बुझेकोले हो । दोस्रो नेपाली कांग्रेससबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेको उदाहरणिय कार्यहरु ले गर्दा पाँचखाल वासिले हामीलाई साथ दिएको हो । त्यसैगरी विगतमा कम्युनिष्ट पार्टीले देश र जनताको हितको खातिर केही राम्रो कार्य गर्छकि भन्ने थियो । बाबुराम प्रधानमन्त्री हुंदा मलाई पनि केही आशा थियो, अवचाही केही राम्रो होलाकि भन्ने । तर नेपाली जनताले जे आशा राखेका थिए त्यो आसा कम्युनिष्टले पुर्ण गर्न सकेन । बहुमतको सरकार नभएकोले हो कि भन्ने शंका लागेर पछिल्लो समयमा नेकपाको नाउमा दुई तिहाईको सरकार वन्यो सो सरकारबाट पनि मुलुकको हितको खातिर केही कार्य गर्न सकेन उल्टै नेपाली जनताहरुलाई हर प्रकारको मार खुवाउने कार्य भयो । जसको कारण जनताहरुले नेपाली कांग्रेस अव्वल भएको महसुस गर्दै साथ दिनुभएको हो । पाँचखाल नगरमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्षहरुले गरेको निस्पक्ष साथै उदाहरणिय कार्यले गर्दापनि विगतका कम्युनिष्ट विचारका साथीहरु नेपाली कांग्रेसमा लामबद्ध हुनु भएको हो । विपक्षी साथीहरुले गरेका कार्यहरुका बिषयमा भनेर लान्छना लगाउन चाहन्न तर जनताले बुझेका छन् र उहाँहरुलेनै अपारदर्सीताको बिषयमा बताउने गर्नुभएको छ ।

    नेपाली कांग्रेसको नजिकदै गरेको अधिवेसनको बारेमा क्रियाशिल सदस्यहरुलाई केहि सुझाव दिनु हुन्छ की ?

    म नगरवासी, जिल्लावासी देखिलिएर केन्द्र सम्मका क्रियाशिल साथीहरुलाई संगठनको साथै देश र जनताको हितको खातिर जुट्न अनुरोध गर्दछु । प्रजातान्त्रिक व्यवस्थामा आफुले चाहे अनुसारको उम्मेदवारी दिनु बेठिक होईन तर पार्टीको निति र सिद्धान्तलाई नभुल्न अनुरोध गर्दछु । जुन सुकै पक्ष लिएर जसलाई मतदान गर्दापनि मतदान सकिएपछि जो सुकैले जितोस हामीलाई व्यक्ति प्यारो होईन संगठन प्यारो हो भन्ने मान्यताका साथ संगठनलाई एक ढिक्का बनाएर अगाडी वढ्नेतर्फ लाग्न जरुरी रहन्छ । संगठनको हितविपरित हुने कार्यमा म खरो ढंगले उत्रन्छु अनावस्यक विवाद निकाल्नु हुदैन ।
    बिधि र पद्धतिलाई आत्मासाथ गर्दै अगाडी बढ्न जरुरी रहन्छ । जस्तो पनौतीको केस, बालुवाको केसले गर्दा केही विवादहरु निक्लियो त्यस्तो ढंगको विवाद निकाल्नु संगठनको लागि घातक हो । साच्चै भन्नु पर्दा नगरवाट, गाउंवाट समावेस नभएको नाउहरुपनि क्रियाशिलमा निक्लियो यस्तो राम्रो हैन । यस्तै साना साना कुराबाट विवाद हुन्छ, पनौतीमा त्यस्तै भएको छ । साना विवादले पार्टीमा ठुलो आगो सल्कन सक्छ भन्ने बिषयमा बुझ्न जरुरी रहन्छ । सम्पुर्ण उम्मेदवारी दिने साथिहरुलाई म आग्रह गर्न चाहन्छु अधिवेशनको समयमा जता मुख फर्काएपनि मत गनिसकेपछि हातेमालो गर्दै काँधमा काँध मिलाएर संगठनको हितको खातिर अगाडी बड्न आग्रह गर्दछु । संगठनको हित चाहनेले काँधमा काँध मिलाएर हिड्छ, जो संगठनको हित चिताउंदैन उ व्यक्तिको पछाडी लागेर जहाँ स्वार्थ हुन्छ त्यहि कुदेको हुन्छ । निस्वार्थ भावना बोकेकोलाई कसैले झोले भन्ने आँट गर्दैन हामी झोले नभई कटिबद्ध ढंगबाट अगाडी बढ्नु पर्छ । म सभापति जित्दै गर्दा पाँचखाल कांग्रेसलाई कसैले फुटाउन खोजेर फुट्न दिन्न भन्ने मेरो व्यक्तिगत चाहना र हाल भएका कार्यसमितिको चाहना पनि त्यहि रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार