२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

शान्ति सुरक्षा कायम गर


३४३१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष ६, बुधबार मा प्रकाशित १ साल अघि
  • पछिल्लो समयमा काभ्रेपलाञ्चोक जिल्लाको शान्ति सुरक्षाको अवस्था खस्किएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएयता जिल्लावासी असुरक्षित महसुस गर्दै आएका छन् । आम निर्वाचन सम्पन्न भएपछि सुरक्षाको अवस्थामा सुधार आउने आशामा रहेका काभ्रेली जनता थप निराशामा परिणत भएका छन् । काभ्रेको प्रमुख व्यापारी केन्द्रहरूमा हुने चोरीको बिगबिगती कार्यले गर्दा जिल्लावासीहरू थप चिन्तित भएका छन् । जिल्लाको सदरमुकाम साथै सुरक्षा निकायहरूको मजबुत व्यवस्था भएको स्थानहरूमा जनताहरूले सुरक्षित महसुस गर्न पाउँदैनन् भने जिल्लाको दुर्गम स्थानहरूमा वसोवास गर्ने जनताहरू थप असुरक्षित हुनु स्वभाविकै हो ।

    सदरमुकामको आसपासको स्थानहरूमा खुलेआम हुने गैर कानुनी कार्यले गर्दा जिल्लावासीले थप असुरक्षित महसुस गर्ने गरेका छन् । निर्वाचनको मौका छोप्दै हुने गरेको गैर कानुनी कार्यले निरन्तरता पाई रहनुले जिल्लावासी चकित परेका छन् । बजारमा कालोबजारियाहरू मौलाउँदो छ ‚ चोरीको उत्तिकै बिगबिगती रहेको छ‚ दैनिक उपभोग्य सामाग्रीहरू पसलै पिच्छे मनोपली ढङ्गको बजार मूल्य निर्धारण भएको छ । उपभोगको लागि तोकिएको निर्धारित मिति सकिएको सामाग्रीहरू खुलेआम बिक्री बितरण हुँदैछ । नापतौलको अवस्थामा उत्तिकै ब्रह्मलुट मच्चाएको गुनासाहरू छरपस्टै छन् ।

    खाद्यान्नमा हुनेगरेको वमसाओट‚ होटल व्यवसायीले गर्ने गरेको मिसावट साथै अनियमितता‚ गुणस्तरहित खाद्यान्नतर्फ‚ पेट्रोलियम पदार्थमा हुनेगरेको मिसाओस् साथै नापतौलको अवस्था । सडक निर्माणको नाउँमा राजमार्गमा हुने गरेको अलपत्रे अवस्था‚ निर्माण कार्यमा सुस्तता राजमार्ग आसपासका स्थानीयले राजमार्गमा पानी लगाएर हिलाम्मे‚ जसले गर्दा राजमार्गमा यात्रा गरिरहेका यात्रुहरू मारमा पर्ने गरेको छन् । यावत समस्यामै समस्याको अवस्था जिल्लावासीहरूको पिल्सिएको अवस्थामा सम्बन्धित निकायको मौनतालाई जिल्लावासीले सङ्कायको दृष्टिले हेर्नु नौलो होइन ।

    जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मजबुत पार्दै जिल्लावासीलाई भयरहित ढंगबाट रहने वातावरण निर्माण गर्न जरुरी छ । आफ्नो दायित्व र कर्तव्यलाई निस्पक्ष साथै स्वर्थ रहित ढंगबाट निर्वाह गर्न जरुरी छ । काभ्रेली जनताको चाहना शान्ति सुरक्षा हो सो चाहना पुर्याउने दायित्व जिम्मेवारी निकायको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार