२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

तामाको भाँडा तथा औठी प्रयोग गर्दा हुने १० फाईदा


६०१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • हिन्दु धर्ममा तीन धातु अर्थात सुन, चाँदी र तामालाई पवित्र मानिएको छ । पूजापाठसहित धार्मिक काममा पनि यी धातुको प्रयोग गर्नु भनिएको छ । हिन्दु धर्म र ज्योतिषशास्त्र भित्र नौवटा ग्रह रहेको उल्लेख छ । ज्योतिष शास्त्रमा हरेक ग्रहको दोष निवारणका लागी फरक फरक धातुको ग्रहण गर्नुपर्दछ ।ग्रहका राजा सुर्य हुन् भने सुर्यको धातु तामा हो । तसर्थ मानिसहरु तामाको औंठी लगाउने गर्दछन् ।

    तामाको औठी लगाउँदा यी फाइदा मिल्दछ :

    १. तामाको औठी धारण गर्दा सूर्यका साथै मंगलको अशुभ असर पनि कम ह्न्छु ।

    २. यसले सूर्यको बल बढाउँछ साथै परीवारलाई सूर्यको कृपा प्राप्त भई मानसम्मान पाइन्छ ।

    ३. कुण्डलीको सूर्य दोष हटाउन सुर्यको औंला अर्थात् अनामिकामा यो औंठी लगाउनुपर्दछ ।

    ४. तामाको औंठी धारण गर्दा यसको औषधीय गुण शरीरले प्राप्त गर्दछ ।

    ५. तामाको औठीं लगाउँदा यसले रगत सफा गर्नमा समेत मद्दत पुर्याउँछ ।

    ६. तामाको भाडाँमा राखिएको पानी पिउनु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

    ७. यसको धारणको प्रभाव पेटसम्म पुग्दछ र पेटको रोग लाग्ने संभावना कम हुन्छ ।

    ८. तामा औंलामा लगाउँदा यसले छाला चम्किलो हुन्छ ।

    ९. आयुर्वेद अनुसार तामाको भाँडोको प्रयोगले रोगप्रतिरोधक क्षमता बढाउँछ ।

    १०. अन्य धातुको भाडाँमा भन्दा तामाको भाडाँमा बाहिरी किटाणुको प्रभाव कम हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार