२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमणको संभावना अत्याधिक छ


३८१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल
    सरकारको औपचारिक घोषणापछि देश लकडाउनमुक्त भएको छ । लकडाउ नखुलेसँगै सर्वसाधारण आम माफिपाएका जस्तै अनुभव गर्न सकिन्छ । सर्वसाधारणको हिडडुल बढेको छ । पेशा, व्यवसाय लगभग सुचारु भएका छन् । निजीलगायत सार्वजनिक यातायात चल्नथालेका छन् । सडकमा, पसलमा, बजारमा मानिसको भिडभाड र दौडधुप सामान्य जीवनझैँ देख्न सकिन्छ ।
    लकडाउ नखुल्नु खुशिको कुरा हो किनभने महामारिको चपेटामा परेका मानिसको जनजिविका प्राय सकेको छैन । तर हामीले कोभिड १९ वाट आफू पनि बचौ, अरुलाई पनि बचाऔं भन्ने मूल नारालाई विर्षनु हुदैन । त्यसलाई आत्मा साथ गर्दै आफू, परिवार, घर, टोल, समाज र राष्ट्रलाई नै कोरोना भाइरस महामारिवाट विदा गर्नु पर्दछ ।
    हामिले लकडाउ नहट्यो भन्दैमा हेलचेक्राइ वा पराई, यो वात्यो भनि छुट्या उँदैन । व्यक्ति आफैँले स–साना कुरामा होसियारी अपनाउनु पर्दछ । जस्तै शारिरिक सरसफाई माध्यानदिनु पर्दछ । सावुनपानीले नियमित हात धुनु पर्दछ । धेरै भिडभाडमा जानु हुँदैन । घर वाहिर निस्कदा मुखमा मास्क लगाउनु पर्छ । सकेसम्म हातमा पन्जा र चस्मा लगाउन भुल्नु हुँदैन । टाउको छोप्ने र सामाजिक दुरी कायम गर्नु महत्वपूर्ण हुन्छ । यति सामान्य नियमहरु पालन गरेको खण्डमा हामी सुरक्षित रहन सक्छौ ।
    यि सामान्य नियमहरु वालवालिका देखि बृद्धवृद्धा सम्म पनि अवगतभइसकेको छ । किनभने आजको समाज संचारवाट अछुतो छैन । रेडियो, टेलिभिजनहरुले प्रसस्तै सचेतनामुलक सुचनाहरु प्रवा हगरिरेका हुन्छन् । सवैको हातमा रहेको स्र्माट मोवाइलमा आउने फेसबुक, ट्वीटर, युट्युव लगायत सामाजिक संजालले घचघचाई रहेको हुन्छ ।
    आज भोली बजारमा मास्क संस्कृति विकास भएको देखिन्छ । तर मास्कको सावधानी पूर्वक उचित सदुपयोग गरेको देखिदैन । सचेत व्यक्तिहरुले मास्क प्रयोग गरेको देखिन्छ साथै उनिहरु सावधानी पनि अपनाउ छन् । परिवारमा सदस्यलाई अनिवार्य मास्क लगाउन भन्ने गर्दछन् । यति सम्मकि साना वालवालिका लाई पनि मास्कलगाएर किनमेलमा निस्किएको देखिन्छ । तर लकडाउनको अवधिमा मानिसले मास्क प्रयोग गरेको पाईदैन थियो । मास्क प्रयोग नगर्ने व्यक्तिलाई प्रहरिले सचेत गराएको र नमान्नेलाई कार्वाहि गरेको देख्न पाईयो ,सुन्नपाईयो ।

    लकडाउ नहटेपछि प्रायमानिसको मुखवाट मास्क पनि हटिसकेको देखिन्छ । बजारमा निस्कने आधा मानिसले मास्क विना हिडेको देखिन्छ । आधाउँधीले मात्र मास्क, लगाएर हुन्छन् । ति मध्यपनि मास्क लगाउनेको आ–आफ्नो तरिका छ वा फेसन छ भनौ । मानिसलाई मास्क फेसन जस्तो हुन थालेको छ । जस्तो मन लाग्यो त्यस्तै लगाउने । व्यक्ति पिच्छे थरिथरि रङ्गका मास्क देखिन्छ । लगाउने तरिका पनि फरक फरक छ । सचेत व्यक्तिहरु आँखामुनी नाकको डाँडी देखि गालाहुँदै च्यापुसम्म छोपिने गरि लगाउछन् । कोहि नाकमुनी वाट मुखमात्र छोपिने गरि लगाउछन् । कोहिले भने मास्क लगाएका त हुन्छन् तर नाक र मुख खुल्ला छोडी च्यापुमुनी छोपेर हिँडेका देखिन्छ । मास्क लगाउने फेसेनेवल प्रवृत्तिले लकडाउन हटे पनि कोरोना भाइरस नहटेको र झन संक्रमण बढ्ने सम्भावना अत्याधिक रहेको छ ।

    मानिसहरुले भन्ने गरेकाछन् ‘‘मास्क लगाउदा उकुसमुकुश हुन्छ । गर्मि हुन्छ । पसिना आउछ । स्वाशप्रस्वासमा असजिलो हुन्छ । मास्कको डोरी कानमा सिउरिदा कान दुख्ने गरेको छ । मास्क लगाउने बानी पनि छैन ।” असहजता र हेलचेक्राईले दिनप्रतिदिन संक्रमितबढ्ने सम्भावना अत्याधिक रहेको छ ।

    सार्वजनिक यातायात यात्रुहरुले भिडभाड र कोचाकोचको स्थिति छ । सरकारी कार्यालय, सार्वजनिक, पसल, होटल मन्दिर, वैंक, वित्तिय संस्थाहरुमा सावधानी अपनाईएको पाइदैन । जताततै सामाजिक दुरी कायम गर्नुपर्ने नियम उलंघन भएको देखिन्छ । मानिसलाई रोगको डर भन्दा भोकको भयले पिरोलेको छ । र, भन्न थालेका छन् – ‘‘ कोरोना सोरोना केहीहोइन । लकडानले हुने भए लकडाउनमै किन धेरै संक्रमित बढिरहेको त ? यो केहि होइन आउछ जान्छ । मर्ने भएकोरोनाले मात्र मरिदैन । काल आएपछि बाढीपहिरोले पनि मरिन्छ ।” ताकी मानिसलाई कोरोनाभाइरस सामान्य हो भन्ने लाग्न थालिसकेको छ ।

    कोभिड–१९ को रोगसंग लापर्वाही, निडरता र असावधानीले संक्रमण वढ्ने सम्भावना लाई नकार्न सकिदैन । संक्रमणको जोखिम भित्र–भित्रै बढिरहेको जनस्वास्थ विदहरुले बताउँदै आएका छन् । नियन्त्रण र नियमन गर्नुपर्ने निकाएले बेलैमा उचित कदम नचालेमा चुनौति थपिदै जाने निश्चीत छ । सम्भाव्यत नियन्त्रणको लागी समुदायस्तर नै सचेत हुनुपर्ने हुन्छ । अबका दिनमा सावधानि पूर्वक दैनिक जनजिविकालाई सहजता तिर लैजानुको विकल्प छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार