२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

महिलामा देखिने यौन रोग


४१६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ फागुन ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • अन्य देश मा भन्दा नेपाल मा तुलनात्मक रूपमा पुरुषभन्दा महिलामा स्वास्थ्य समस्या धेरै छन । महिलामा प्रजननसम्बन्धी स्वास्थ्य समस्या तथा यौन रोग जन्या समस्याहरू धेरै हुन्छ । विशेषगरीपाठेघर क्यान्सर तथा ट्युमर, विभिन्न यौन रोग र स्तन क्यान्सर गम्भीर समस्या हुन् । जसमद्दे केही जमस्याको जानकारी निमनअनुसार छ ।
    सेतो पानी बग्ने
    सेतो पानी बग्ने समस्या पछिल्लो समयमा धेरै नेपाली महिलामा देखिदैगएको छ । यो समस्याका धेरै कारण छन् । स्वास्थ्यजाँचपछिमात्रै समस्याको कारण पहिल्याउन सकिन्छ । सेतो पानी बग्ने प्रमुख कारण योनी र पाठेघरमा हुने संक्रमण नै हो । एकभन्दा बढीव्यक्तिसँग असुरक्षित शारीरिक सम्बन्ध राख्ने महिलामा यो समस्या बढी देखिन्छ । यौनांग सरसफाइमा ध्यान नदिँदा पनि संक्रमणकोखतरा रहन्छ । मधुमेह रोग लागेका महिलामा पनि सेतो पानी बग्ने समस्या हुन्छ । पाठेघरमा क्यान्सर भएको छ भने पनि यस्तो समस्याहुन्छ ।
    पिल्स खाइरहेका महिलामा र गर्भावस्थामा सेतो पानी बग्नु भने सामान्य अवस्था हो । यो अवस्थामा उपचारको आवश्यकता पर्दैन ।गर्भवती महिलामा एस्ट्रोजोन हर्मोन बढी हुने भएकाले सेतो पानी बग्छ । तर, गन्हाउने र योनांग चिलाउने भयो भने उपचार गराउनुपर्छ ।
    यौनांग चिलाउने
    योनिमा हुने इन्फेक्सनका कारण यौनांग चिलाउने समस्या हुन्छ । कहिलेकाहीँ पाठेघरको मुखमा क्यान्सर भयो भने पनि योनि चिलाउँछ। पाठेघरभित्र र योनिबाहिर क्यान्सर भयो भने योनी चिलाउँछ । बिषेशगरी असुरक्षित यौनसम्पर्क पनि यो समस्याको एक प्रमुख कारण हो ।
    पछिल्लो समय धेरै जसो महिलामा यौनांग चिलाउने समस्या बढी रहेको छ  । कहिलेकाहीं यसरी यौनांग चिलाउनुलाई सामान्य मानिएपनि लामो समयसम्म समस्या कायम रहे त्यो दीर्घ रोगको कारण हुन सक्छ । महिला यौनांग धेरै कारणले चिलाउन सक्छ । तीमध्ये प्रमुखकारण योनि राम्रोसँग सफा नहुनु हो । त्यसबाहेक जथाभावी यौनसम्पर्क राख्दा पनि यस्ता समस्या देखिन्छ ।
    कारण
    महिलाहरुमा अनावश्यक तनावका कारणले पनि यौनांग चिलाउँछ ।केही अप्राकृतिक वा प्राकृतिक तत्त्वको संक्रमणका कारणले पनियौनांग चिलाउँछ । यस्तो अवस्थामा योनिको वरिपरि सेतो दहि जस्तो ढुसी जम्मा हुन्छ ।
    जथाभावी यौनसम्पर्क राख्दा यौनांग रोगसँग लड्ने क्षमतामा ह्रास आउँछ । यस्तो अवस्थामा अरूलाई भन्दा पनि मधुमेहबाट पीडितमहिलाहरूमा संक्रमण हुने सम्भावना हुन्छ ।
    यदि महिलाको यौनांग छाला सुक्खा भएको अवस्थामा पनि यौनांग चिलाउँछ । त्यसैले यौनांग वरिपरिको छालालाई सुख्खा हुन दिनुहुँदैन ।संक्रमण, चोटपटक, महिनावारी बन्द हुनुजस्ता कारणले पनि यस्तो समस्या देखा पर्न सक्छ ।

    समाधान

    सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनुपर्छ । कुनै रसायनिक पदार्थ (पफ्र्युम)को प्रयोगका कारण यो समस्या सिर्जना भएको हो भने त्यस्तो पफ्र्युमको प्रयोग बन्द गर्नुपर्छ । कतिपयलाई बाथटब वा स्वीमिङपुलमा नुहाउँदा पनि यौनांग चिलाउने समस्या देखा पर्न सक्छ । त्यसैले सकेसम्म बाथटब वास्वीमिङपुलमा नुहाउनु हुँदैन । सुतीको भित्रीकपडा प्रयोग गर्नुपर्छ । राति सुत्दा सकेसम्म भित्रीकपडा प्रयोग गर्नुहुँदैन । समस्या समाधान नभएसम्म शारीरिक सम्पर्कबाटटाढै रहनुपर्छ ।
    महिनावरी हुँदा ताजा फलफुलको सेवन गर्नुपर्छ । यसको सेवनले भिटामिन ‘सी’ र ‘ए’ ले योनिमार्गलाई स्वस्थ्य राख्न मद्दत गर्छ । साथैप्राकृतिक रेशाहरूले आन्द्राको चाल पनि राम्रो गर्ने भएकाले फलफुल नियमित सेवन गर्नुपर्छ  । दैनिक ८ देखि १० कप लगभग ४ लिटरभन्दा बढी पानी पिउने गर्दा राम्रो हुन्छ । यस्तो अवस्थामा मद्यपानले यिष्टको वृद्धि गराउने भएकालेमदिरालगायत चिया, कफी पनि कम सेवन गर्दा उत्तम हुन्छ । धेरै गुलियो खानेकुरा तथा दुधबाट बनेका परिकारले योनिमार्गका जीवाणुको वृद्धिमा मद्दत गर्छन, यस्ता खानेकुरा कम खाँदा नै बुद्दीमानी हुन्छ ।
    सधै आफ्नो यौनाङ्ग सफा राख्नुहोस, तर धेरै पखाल्ने काम नगर्नुहोस । सधैं अगाडिबाट (योनिमार्ग्तितरबाट) पछाडि (मलद्वारतिर) पखाल्नुहोस । यसले मलद्वारमा भएको जीवाणुलाई योनिमार्गमा तथा पिसाबनलीमा जानबाट रोक्छ । योनिमार्ग सफा गर्न महङ्गो अनि बास्नादार साबुन वा सेम्पु नै चाहिँदैन । सामान्य साबुन वा कम क्षार भएका भजाइनल वासले पनि राम्रोसफाई गर्न सकिन्छ । सुगन्धयुक्त प्याड तथा योनिमार्गको छेउछाउमा पाउडर प्रयोग गर्नु उपयुक्त हुँदैन । पीडा कम गर्न हट रबर ब्यागको प्रयोग वा चिकित्सकको सल्लाह बमोजिम दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।
    महिनावारी गडबडी
    स्वास्थ्यमा कुनै समस्या नहुँदा पनि कहिलेकाहीँ महिनावारीमा गडबडी हुन्छ । महिनावारी गडबडी विशेषगरी १९ देखि ४९ वर्ष उमेरकामहिलामा देखा पर्छ । यो उमेरमा बढी रगत जाने, महिनावारी एक्कासि बन्द हुने समस्या देखा पर्छ । पाठेघरमा क्यान्सर हुँदा, अण्डासयमा ट्युमर हुँदा पनि धेरै रगत जाने र महिनावारी रोकिने हुन्छ । पाठेघरको मुखमा क्यान्सर भएका तथा थाइराइडले सताएकामहिलामा पनि रगत बढी जाने हुन्छ । कहिलेकाहीँ थाइराइडले महिनावारी सुकाइदिने पनि गर्छ ।
    पाठेघरको ट्युमर
    शरीरमा हर्मोनको मात्रा बढी भयो भने पाठेघरमा ट्युमर हुन्छ । यो समस्या जेनेटिक पनि हुन्छ । आमाको पाठेघरमा ट्युमर छ भनेछोरीलाई पनि हुने सम्भावना रहन्छ । परिवारनियोजनको साधन डिपो सुई लिने महिलाले यसमा विशेष ध्यान दिनुपर्छ ।
    पाठेघर तल झर्ने
    पाठेघर तल झर्ने प्रमुख कारण बच्चा धेरै जन्माउनु, सानो उमेरमै बच्चा जन्माउनु हो । बच्चा जन्माउने क्रममा पाठेघरको मुख नखोलिँदैआमाले धेरै बल गरे, बच्चा जन्मिएपछि साल राम्रोसँग नछुट्टिँदै ताने पनि पाठेघर खस्ने समस्या हुन्छ । यस्तो वेला पाठेघरलाई सपोर्ट गर्नेलिगामेन्ट छुट्टिन्छ र पाठेघर तल झर्छ । धेरै खोक्दा, सुत्केरी भएको ६ साताभन्दा अगाडि काम गर्दा, गह्रौँ काम गर्दा, पाठेघरमा ट्युमर हुँदापाठेघर झर्न सक्ने सम्भावना रहन्छ ।
    पौष्टिक आहारको कमी भएका महिलामा पनि पाठेघर झर्ने समस्या धेरै हुने गरेको छ । अस्थायी साधनको गलत प्रयोग, परिवारनियोजनका अस्थायी साधन धेरै प्रयोग गर्ने महिलामा पनि धेरै समस्या देखिने गरेको छ । पछिल्लो समय युवा पुस्तालेगर्भपतनका औषधिलाई परिवारनियोजनको साधनका रूपमा लिने क्रम बढ्दो छ । यस्ता महिलाको रगत धेरै जाने समस्या हुन्छ ।निलोकन चक्कीको धेरै प्रयोग गर्दा पनि रगत धेरै बग्ने हुन्छ । इम्प्लान्ट प्रयोग राम्रोसँग नहुँदा समस्या आउँछन् । परिवार नियोजनकासाधनको सही तरिकाले प्रयोग नगर्दा क्यान्सर भएका र रगत जाने खतरा बढ्छ र पछी यही कारण समस्याको लागी प्रयाप्त हुन्छ ।
    मुसा
    यौनांगमा मुसाहरू भाइरस संक्रमणबाट उत्पन्न हुन्छन् । यौनांगमा पनि शरीरका अन्य भागमा देखिने जस्तै मुसाहरू हुन्छन् । चिलाउने, सानो सेतो वा खैरो नदुख्ने खालको गाँठो वा मुसा देखिने आदि यसका लक्षण हुन् । महिलाहरूमा यस्ता मुसा प्रायजसो मलद्वार वरिपरि, योनीभित्र अथवा योनीबाहिर आउँछन् । उपचारबिनै पनि यस्ता मुसा हराउँदै जान सक्छन् भने कुनै हराउन धेरै समय लाग्छ । धेरैजसो बढेरजाने भएकाले यसको राम्रो उपचार गर्नुपर्छ । यौनांगमा देखापर्ने मुसाले पाठेघरको मुखमा क्यान्सर हुने खतरासमेत निम्त्याउने भएकालेयसका लागि प्याप परीक्षण गर्न जरुरी छ ।
    सिफिलिस
    सिफिलिसलाई नेपालीमा भिरिंगी भनिन्छ । यो गम्भीर प्रकारको यौनरोग हो । धेरै जनासँग यौन सम्पर्क राख्दा यो रोग लाग्ने सम्भावनाअधिक हुन्छ । भिरिंगी लागेको पुरुषसँग यौनसम्पर्क राख्दा महिलाको यौनांग वरपर घाउ देखिन्छ । यो समयमा उपचार नभए झन् जटिलबन्न सक्छ । यसको पहिलो लक्षण सानो नदुख्ने घाउ देखिनु हो । यो घाउ हप्ता दिनसम्म रहेर आफैं हराएर जान्छ तर रोग भने शरीरकाविभिन्न अंगमा लगातार फैलिइरहेको हुन्छ । यसले शरीरका विभिन्न अंगमा नराम्रो प्रभाव पार्छ । त्यसपछि महिना दिनपछि घाँटीमा घाउहुने, ज्वरो आउने, पैताला तथा हत्केलामा डावर, ठेउला उठ्न सक्छ । मुखमा घाउ आउनुका साथै जोर्नीसमेत सुन्निन सक्छ । यसकोसमयमै उपचार गरिएन भने मुटुको रोग, पक्षाघात, मानसिक बिरामी अनि अन्त्यमा मृत्युसमेत हुन सक्छ । गर्भवती महिलामा यो रोगदेखियो भने शिशुमा समेत सर्न पनि सक्छ ।
    स्यान्क्रोइड
    यो किटाणुबाट हुने यौनरोग हो । यो रोग लाग्दा मलद्वारमा नरम र दुख्ने घाउ देखापर्छ । घाउबाट रगत पनि निस्किने भएकाले सफागरिराख्नुपर्छ । त्यसबाहेक काछमा दुख्ने खालको गाँठो वा गिर्खा आउन सक्छ । यस्तो संक्रमणबाट हलुका ज्वरोसमेत आउँछ ।यौनांगमा घाउ आएको बेला यौनक्रिया गर्नु हुँदैन । समयमै उपचार गरियो भने औषधिले यो रोग निको हुन्छ।
    क्याइमेडिया
    यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुन सक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षितसम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । यो एकदमै गन्हाउने हुन्छ। सिफिलिसमा घाउ नै देखिए पनि गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुन्छ । महिलामा यो रोगको संक्रमण अन्य अंगसम्मफैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सर्यो भने आँखामासमस्या आउने हुन सक्छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार