२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा


४४७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • गर्भावस्था महिलाकालागि केही कष्टकर र चुनौतीपुर्ण हुन्छ । हरेक महिलाकालागि सुन्दर पल मानिएपनि यो अवस्थाको असहजताका कारण कार्यालयमा काम गर्ने महिलाहरुमा सदैव एउटा द्विविधा रहने गर्दछ, गर्भावस्थामा काममा जान हुन्छ कि हुदैँन ?

    गर्भवती हुँदैमा कार्यालयमा काम गर्ने महिलाहरु आत्तिनुपर्ने वा चिन्ता गर्नु पर्दैन । तथापी यसमा केही ख्याल भने गर्नुपर्ने हुन्छ ।

    १. गर्भ रहेको पहिलो ३ महिना निकै सचेत हुनु पर्दछ ।
    २. यो अवस्थामा गार्‍हो हुने तथा अप्ठ्यारो हुने कुनै पनि काम गर्नु हुदैँन ।
    ३. गर्भावस्थामा गह्रंगो भारी बोक्नु हुदैन ।
    ४. यो बेला बस वा मोटरसाइकलमा लामो यात्रा गर्नु हुदैँन ।
    ५. यो अवस्थामा अलि बढी आरामको आवश्यकता पर्दछ, त्यसैले पर्याप्त आराम गर्नुपर्दछ ।
    ६. यो अवस्थामा गर्भवती महिलाले भुलेर पनि धूममान तथा मद्यपान सेवन गर्नु हुदैँन ।
    ७. सुत्दा आरामदायी ओच्छ्यान हुनु पर्दछ भने पेट थिचिनबाट सावधानी अपनाउनुपर्छ ।
    ८. यो अवस्थामा खानामा रुचि कम हुने भएकाले थोरै थोरै गरेर धेरै पटक खानुपर्छ ।
    ९. यो बेला शरीरमा पर्याप्त पानी चाहिन्छ, त्यसैले पानी तथा झोल कुरा सेवन गर्नुपर्छ ।
    १०. स्वास्थ्य ठीक छ भने गर्भवती महिलाले घरको साधारण काम गर्नु राम्रो हुन्छ ।
    ११. यस्तो अवस्थामा कार्यालयको सामान्य काम गर्न मिल्दछ ।
    १२. कार्यालयमा बस्ने कुर्सी आरामदायी हुनु पर्दछ, धेरै सिढी तलमाथि गर्नु हुदैन ।
    १३. कार्यालयको कामको चाप लगायतका बिषयमा चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ ।
    १४. अन्य समस्या भएमा समयमै प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु पर्दछ ।
    १५. साथै अन्तिमको ३ महिना केही जोखिम हुने हुदाँ थप सचेत बन्नु पर्दछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार